Loading...
संघीयता र पहिचानका लागि खरो ढंगले आवाज उठाइरहेको फोरम नेपालमा रुपन्देहीका केन्द्रीय तथा क्षेत्रीय नेता कार्यकर्ताको प्रभावशाली समूह प्रवेश

रुपन्देही ३१, चैत्र । वीरगञ्जमा पूर्वमन्त्री मोहनलाल चौधरी र १५ जना पूर्वगाविस अध्यक्षसहित हजारौं कार्यकर्ता प्रवेश गरेको दुई दिन नबित्दै पाँच सयको संख्यामा नेता कार्यकर्ताहरु संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।

संघीयता, पहिचान र उत्पीडित समुदायको अधिकारका लागि खरो ढंगले आवाज उठाइरहेको फोरम नेपालमा पछिल्लो समय देशब्यापी प्रवेश गर्नेको व्यापक लहर चलिरहँदा रुपन्देहीका केन्द्रीय तथा क्षेत्रीय नेता कार्यकर्ताको प्रभावशाली समूह प्रवेश गरेको छ । विजय गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोतान्त्रिक पार्टी परित्याग गरी केन्द्रीय सदस्य मोहनलाल यादव, क्षेत्रीय अध्यक्ष विरेन्द्र कुर्मी फोरम नेपालमा आबद्ध भएका छन् ।

रुपन्देहीको क्षेत्र ५, सूर्यपुरामा बिहिबार आयोजित बृहत् पार्टी प्रवेश तथा सभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, फोरम लोकतान्त्रिक लगायत विभिन्न पार्टी परित्याग गरेका नवप्रवेशी नेता कार्यकर्तालाई संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले टिका लगाएर स्वागत गरेका छन् । कमल थापा नेतृत्वको राप्रपा जिल्ला उपाध्यक्ष हरि पाल, जिल्ला युवा अध्यक्ष सुरेन्द्र धवल, जिल्ला युवा उपाध्यक्ष बिपिन कुर्मीलाई फोरम नेपालका अध्यक्ष यादवले टिका लगाएर पार्टीमा भित्र्याएका छन् ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्व पार्टीका जिल्ला सदस्य बाबुलाल पाल र फोरम लोकतान्त्रिकका क्षेत्रीय सचिव बेचु केवटले पनि आफ्नो पार्टी परित्याग गरी फोरम नेपाल प्रवेश गरे । कबिता थारु र रुपा यादव लगायत कांग्रेस, एमाले र माओवादी परित्याग गरी सयौंको संख्यामा पार्टी प्रवेश गरेको संघीय समाजवादी फोरम नेपाल रुपन्देहीका जिल्ला उपाध्यक्ष रामअवतार यादवले जानकारी दिएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *