Loading...
तराईमै पहिलो पटक नेशनल मेडिकल कलेजमा स्पाईनल सर्जरी
वीरगंज ३१ चैत, तराईमै पहिलो पटक  स्पाईनल सर्जरी वीरगंज स्थित नेशनल मेडिकल कलेजमा सफल शल्लेक्रिया भएको छ ।
मनवानपुर हाडिखोला ९ का ६३ वर्षिय भावनाथ पौडेल यस रोगले पिडित भई बिगत ४ वर्ष देखि नेपाल तथा भारतका विभिन्न अस्पतालहरुमा चेकजाँच गराउदा पनि निको नभएको बताउदै वीरगंजको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा सफल सल्येक्रिया भएकोमा उनका आफन्तहरुले खुसी व्यक्त गरेका छन् । अस्पतालका बरिष्ठ चिकित्सक डा. अजय कुमार यादव, रबिन साह, रन्जन झाको टिमले सफल अप्रेशन गरेको नेशनल मेडिकल कलेजले जनाएको छ ।
मधेस भरीमा कुनै ठाउमा स्पाईनल सर्जरी नरहेको दाबी गर्दै अस्पतालका डा. अजय कुमार यादवले यस्ता प्राविधिबाट शल्लेक्रिया गर्दा अत्याधिक महँगो हुने गरेको बताउनु भयो । तर नेशनल मेडिकल कलेजमा सहुलियत रुपमा शल्लेक्रिया गरेको अस्पतालका प्रवक्ता सेराज अहमदले जानकारी दिनु भयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *