Loading...
पत्रकार महासंगलाइ एमालेकरण गरेको आरोप , महासंगका अध्यक्ष नै पत्रकारहरुको बिरुद्धमा षडयन्त्र गर्दै

नेपाल पत्रकार महासंघ सप्तरीका कार्यबाहक अध्यक्ष श्रबण कुमार देबको नेतृत्वमा बिभिन्न संचार माध्यममा आबद्ध क्रियाशिल पत्रकारहरु महासंघको केन्द्रिय कार्यालयमा अनिश्चितकालिन तालाबन्दी सहित धर्ना बसेका छन् । २ बर्ष पहिले देखि नै आएको यो समस्याको सामाधान गर्नमा अध्यक्ष महेन्द्र बिष्ट अशक्षम भएको पत्रकार जितेन्द्र झा जितुले बताउनु भएको छ। स्थानियस्तरमा बिभिन्न चरणमा आन्दोलन गर्दे आएपनि महासंघको केन्द्रिय समिती र क्षेत्रिय समितिले जिम्मेवारीपना नदेखाएपछि सप्तरीका पत्रकारहरु राजधानी केन्द्रित आन्दोलन सुरु गरेका हुन् । उनीहरुले सांझा संगठनलाइ एमालेकरण गरेको आरोप समेत लगाएका छन् ।

४ दिन देखि जारि धर्ना कार्यक्रममा महेन्द्र बिष्ट सहभागी समेत हुदैनन् । धर्ना बसेका नेपाल पत्रकार महासंघ सप्तरीका कार्यबाहक अध्यक्ष श्रबण कुमार देबका अनुसार धर्ना कै अगाडि बाट हिडडुल गर्ने अध्यक्ष बिष्ट धर्नाकारीहरु सित सामान्य बोलचाल समेत नगरी हिड्ने गरेका छन् । पत्रकार बैधनाथ यादवका अनुसार नेपाल पत्रकार महासंगलाइ आफ्नो निजि सम्पतिका रुपमा हेर्ने गरेको बिष्टले १० दिन देखि अनशनमा बस्नु भएका पत्रकार भावना बिद्रोहीलाइ वास्ता समेत गरेका छैन । उनि अनशनमा बसेको दोस्रो दिन बिष्टले उनलाई बेवास्ता गरि विदेश भमणमा निस्केका थिए । पत्रकार भावना सिलवालका अनुशार बिष्ट नै पत्रकारहरुको बिरुद्ध षडयन्त्र गरिरहेका छन् ।


नेपाल पत्रकार महासंघ सप्तरीमा बहुमत कार्यसमितीले गरेको निर्णय, दुई तिहाई भन्दा बढी सदस्यहरुको निर्णय तथा पूर्व सभापतिहरुको सुझाव समेतलाई लत्याउदै महासंघको केन्द्रिय समितीले एकलौटी रुपमा अनाधिकृत तवरले हस्तक्षेप गर्न खोजेकाले बाध्य भएर आन्दोलनमा उत्रनु परेको संघर्ष समितिका प्रवक्ता जितेन्द्र जितुले बताउनु भएको छ । पत्रकार महासंघ कुनै दल विशेषको भातृ संगठन बनाउन खोजेको भन्दै उनले नेपाली पत्रकारको साझा थलोको महासंघलाई अगाडि आउनुपर्ने जितुको भनाइ रहेको छ ।
यसैबीच आन्दोलनरत पत्रकार र महासंघका पदाधिकारीबीच पहिलो चरणको वार्ता भएको छ । शनिबार पुनः वार्ता हुनेछ । पहिलो चरणको वार्तामा कुनै निष्कर्ष पुग्न सकेको छैन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *