
सरोज खिलाडी
संयुक्त मधेशी मोर्चा सम्लित संघीय गठबन्धनले आज कठोर निर्णय लिने भएको छ । संघीय गठबन्धनको हिजो (शनिबार) बसेको बैठकले मधेशी जनजाति लगायत देशका पिछिडियेका तथा खस लगायत अन्य जातजातिको मागलाइ बेवास्ता गरि सरकारले गर्न लागेको निर्वाचनले जनताको थप अधिकार कुण्ठित हुने निष्कर्ष सहित आन्दोलनको रुप रेखा तयार गरेको छ । हिजो शनिबार दिन भरि बसेको संघीय गठबन्धनको बैठकले बैशाख ५ देखि ३१ गते सम्म नै आन्दोलनको कायक्रम तय गरे पनि त्यसको आधिकारिक जानकारी भने आज पत्रकार सम्मेलन गरेर दिने भएको छ । यसका लागि गठबन्धनले आज पत्रकार सम्मेलन समेत गर्दैछ ।
Facebook Comments