
सरोज खिलाडी
कांग्रेशले मधेशी मोर्चालाइ सहमतिमा ल्याएर दुइ चरणमा स्थानीय तहको निर्वाचनमा जानु पर्ने निर्णय गरेको छ । कांग्रेश पार्टी केन्द्रिय कार्यालय सानेपामा शनिबार बसेको शिर्ष नेता सहित प्रदेश न. २ का जिल्ला सभापति , सांसद र केन्द्रिय सदस्यहरुको संयुक्त बैठकले बैशाख ३१ का लागि तय चुनाब स्थगन नगरी प्रदेश न. २ र ५ मा दोस्रो चरण मा निर्वाचन गर्नु निष्कर्ष निकालेको हो ।
कांग्रेशले मधेशी मोर्चासंग वार्ता गरेर दोस्रो चरणमा मधेशमा चुनाव गर्नेगरि दुइ चरणमा स्थानिय तहको चुनाव गर्ने निर्णय गरेको छ बैठकमा सहभागी केन्द्रिय सदस्य महेन्द्र यादवले बताउनु भएको छ । बैठकमा कोषाध्यक्ष सीता देवी यादवले भने दुइ चरणमा नभई केहि समय पर सारेर भए पनि एकै समयमा एकै चरण मा चुनाब गर्नु पर्ने जोड दिनु भएको आजको अन्नपूर्ण पोस्टमा समाचार प्रकाशित भएको छ ।
Facebook Comments