
३ वैशाख, काठमाडौं । संघीय गठवन्धन र डा. बाबुराम भट्टराई नेतृत्वको ६८ दलीय गठबन्धन संयुक्त आन्दोलन गर्न सैद्धान्तिक रुपमा सहमत भएको समाचार प्राप्त भएको छ ।
मधेसी मोर्चासहितको संघीय गठवन्धनले संविधान संशोधनको माग गर्दै आज पत्रकार सम्मेलन गरि आन्दोलन घोषणाको तयारी गरेको छ । आजको आन्दोलन घोषणामा ६८ दलले समेत एकेबधताका साथै संगै आन्दोलन गर्न सक्छ ।
आगामी स्थानीय तहको चुनावमा भाग लिने तयारीमा रहेका ६८ दलले भने भट्टराई नेतृत्वको नयाा शक्ति पार्टी नेपालको अगुवाईमा दलीय चुनाव चिन्हको माग गर्दै शनिबारदेखि रिले अनसन सुरु गरेका छन् ।
शनिबार साँझ भट्टराईसहित मधेसी मोर्चाका नेताहरुबीच भएको छलफलमा संयुक्त आन्दोलन गर्ने समझदारी भएको छ ।
Facebook Comments