Loading...
मधेशी मोर्चाले गर्यो आन्दोलनको घोषणा, मशाल जुलुस देखि आमहडताल हुदै अनिश्चित कालिन नेपाल बन्द सम्म (सूचीसहित)

सरोज खिलाडी

मधेशी मोर्चाले अन्ततः मशाल जुलुस देखि आम हडताल सम्मको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । हिजो शनिबार दिन भरि चलेको बैठक पछि आज मधेशी मोर्चा सम्लित संघीय गठबन्धनले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । अहिलेको आन्दोलन मधेश केन्द्रित मात्र नभएर देशै भरि आन्दोलनको घोषणा भएको छ । मोर्चाले आम हडताल मात्र नभएर अनिश्चित कालिन नेपाल बन्दको घोषणा समेत गरेको छ ।  मधेसी मोर्चा र संघीय गठबन्धनले घोषणा गरेको आन्दोलनका कार्यक्रममा बैशाख ५ गते जिल्ला सदरमुकाममा मसाल जुलुस गर्ने, ७ गते लाठी जुलुस निकाल्ने र ९ गतेदेखि १२ गतेसम्म विभिन्न ठाउँमा आमसभा गर्ने बताएको छ ।

बैशाख १२ देखि २७ गतेसम्म  बन्दहरु र लाठी तथा मसाल जुलुसका कार्यक्रम छन् । २७ गतेदेखि चुनावलाई लक्षित गरेर आम हडताल गर्ने जनाइएको छ ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *