
सरोज खिलाडी
बैशाख ३ ,काठमाडौँ मधेशी मोर्चाले अन्ततः मशाल जुलुस देखि आम हडताल सम्मको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । हिजो शनिबार दिन भरि चलेको बैठक पछि आज मधेशी मोर्चा सम्लित संघीय गठबन्धनले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । अहिलेको आन्दोलन मधेश केन्द्रित मात्र नभएर देशै भरि आन्दोलनको घोषणा भएको छ । मोर्चाले आम हडताल मात्र नभएर अनिश्चित कालिन नेपाल बन्दको घोषणा समेत गरेको छ । आन्दोलनको घोषणा पछि आन्दोलन के का लागि स्पष्ट पार्दै संघीय गठबन्धन का संयोजक उपेन्द्र यादवले आफ्ना कुरा रु राख्नु भएको थियो । आफ्ना कुरा राखिसकेपछि पत्रकारले सोधेको प्रश्न “- तपाइँ हरुको सहमति मा ल्याएको ५ बुंदे सहमतिको पनि किन बिरोध गर्नु हुन्छ?” को उत्तर दिदै गठबन्धनका संयोजक उपेन्द्र यादवले एक पटक होइन पटक पटक भनेका थिए सरकार दोयल चरित्र को हो । उनले भने ” हामिसंग एक थरि कुरा गर्ने तर गर्ने अर्कै थरि यो के हो भने सरकारको दोयल चरित्र हो । उनले सहमति अनुसार ५ बुंदे संशोधन बिधेयक नल्याएको भन्दै सरकारको दोयल चरित्र कारण आन्दोलन घोषणा गर्नु परेको स्पष्ट पार्नु भएको थियो ।
Facebook Comments