Loading...
पत्रकारहरुको माग सम्वोधनमा ढिलाई भए सशक्त रुपमा अगाडि बढ्ने- पूर्व अध्यक्ष शम्भु झा

राजविराज, ३ वैशाख । नेपाल पत्रकार महासंघ शाखा सप्तरीका पदाधिकारीसहित विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुले जारी राखेको माग अविलम्व सम्वोधन गर्न माग गर्दै जिल्लामा रहेका पत्रकारहरु समेत आन्दोलित भएका छन् ।
आफ्ना सहकर्मी पत्रकारहरुले काठमाण्डौ स्थित नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय विगत चार दिनदेखि तालाबन्दी गरी अनिश्चितकालीन धर्नामा बस्दा पनि माग सम्वोधन नगरेको भन्दै जिल्लामा रहेका पत्रकारहरुद्वारा शनिवार दवाब र्याली आयोजना गरिएको हो । प्रतिकुल मौषमका बावजुद पनि पत्रकारहरु भेला भई महासंघ शाखा कार्यालय अगाडिबाट निकालिएको र्याली नगरपालिकाको विभिन्न भाग परिक्रमा गरेको थियो । नगर परिक्रमा पश्चात महासंघ कार्यालय अगाडि आयोजित कोणसभामा बोल्दै प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले महासंघको केन्द्रीय समिति राजनीतिक हस्तक्षेपबाट मुक्त भएर पत्रकारहरुको पेशागत हकहितमा गम्भीर बन्न आग्रह गरे । केही सिमित व्यक्ति एवम् गुटको स्वार्थ सिद्धिकालागि केन्द्रीय समितिले पत्रकारहरुको आस्थामाथि नै प्रहार गरेको बताउँदै उनले भने ‘सप्तरी जिल्लाका केही वाहेक सम्पूर्ण पत्रकारहरुले पटक–पटक विवाद समाधान गरी शाखा अधिवेशन गराउन आग्रह गर्दा बेवास्ता गरिएपछि केन्द्रीय कार्यालयमा धर्ना बस्दा पनि सुनुवाई नहुनुले कार्यसमितिको नियतमाथि प्रश्नचिन्ह उठ्नु स्वाभाविक हो ।’
अब पनि पत्रकारहरुको माग सम्वोधनमा ढिलाई भए महासंघका पूर्व अध्यक्ष तथा पुराना पत्रकारहरुसमेतले बाध्य भएर अझ सशक्त रुपमा अगाडि बढ्ने प्रेस स्वतन्त्रता सेनानी झाले चेतावनी दिए । देश र समाजकालागि कमल चलाउने पत्रकारहरु आफ्नै अधिकारकालागि केन्द्रीय कार्यालयमा धर्ना बस्नु र समितिले समेत बुझ पचाएर बेवास्ता गरिनुले महासंघको शाखलाई धुमिल पार्ने काम भएको टिप्पणी गरे ।
नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष एवम् पूर्व केन्द्रीय सदस्य शम्भु झाले सप्तरीका पत्रकारहरुले राखेका जायग मागको अविलम्व सम्वोधन गर्न आग्रह गरे । सप्तरीका पत्रकारहरु केन्द्र र जिल्लामा समेत आन्दोलित रहेको भन्दै आम पेशागत पत्रकारहरुको भावनालाई आत्मसात गर्न उनले केन्द्रीय समितिसँग आग्रह गरे । कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।

newstoday

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *