
३ बैशाख, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुलुकको राजनीतिक अवस्था लाई नबुझ्ने दल भएको आरोप लगाएका छन् । उपप्रधान मन्त्रि निधिले मधेसको असन्तुष्टि सम्बोधन नगरी गरिने चुनावले मुलुकमा द्वन्द सिर्जना हुने खतरा रहेको बताउनु भएको छ ।
गृहमन्त्री निधीले राजनीतिक सहमतिका लागि मोर्चा र एमाले तयार हुनुपर्ने तर दुवैले ‘मेरो गोरुको बाह्र्रै टक्का’को व्यवहार देखाइरहेको बताउनु भएको छ । एमाले प्रमुख दल भएकाले बढी जिम्मेवार बन्नुपर्ने तर, त्यस्तो व्यवहार नदेखाएको निधीले आरोप समेत लगाएका छन ।
Facebook Comments