
३ बैशाख, काठमाडौं । नेपाल सदभावना पार्टीको गजेन्द्र जयन्ती र पार्टीको महासमिति बैठकको उदघाटन समारोह राष्ट्रिय सभागृहमा भैरहेको छ । नेपाल लगायत छिमेकी मुलुक भारत बात समेत राजनीतिक दलका नेताहरु अधिवेशनको शुभकामना दिन नेपाल आएका छन् ।
कार्यक्रम उदघोषकले एकपछि अर्को नेतालाई आसन ग्रहण गराएका थिए भने उदघोषकले प्रधानसेनापति राजेन्द्र क्षेत्रीको लाइ समेत आशं ग्रहण गराएका थिए । कार्यक्रममा मधेशी दलका नेता कार्यकर्ता समेत सहभागी भएका थिए ।
प्रधानसेनापति क्षत्री कार्यक्रमस्थलमा पुगेका रहेछन् । दौरा सुरुवाल कोट र ढाका टोपी लगाएर कार्यक्रममा गएका उनी आसन ग्रहण गर्न मञ्चमा गएनन्, र केहीबेरमै कार्यक्रम स्थलबाट बाहिरिएका थिए ।
Facebook Comments