Loading...
डा. सि. के.राउतलाई स्वागत गर्न गएका ८ मधेशी युवालाई प्रहरीदवारा गिराफ्तार, गठबन्धनदवारा अबिलम्ब रिहाईको माग

स्वतन्त्र मधेश गठबन्धनको केन्द्रीय संयोजक एव स्वतन्त्र मधेशको अभियान्ता बैज्ञानिक डा.सि. के.राउतलाई गत चैत ३१ गते सिरहा जिल्ला आदालतले सफाई दिए लगाक्तै रूपन्देही प्रहरीले पुन: प्रकाउ गरि आज रूपन्देहीको जिल्ला आदालत भैरहवामा ६ दिनको म्याद थप गराएको छ ।
मधेशी जनता तथा युवाहरू पाउने लगक्तै आदालत परिसर आगाडी आईतवार ११ बजे देखि नै हाथमा फुल र माला लिई डा. सि के राउतलाई स्वागत गर्नको लागि सैकडोंमा युवाहरू तैनाथ रहेको देखेर नेपाली प्रहरीले लाठि चार्ज गर्दै ५०० मिटर मुख्य रोड सम्म पुगाउदै ८ जनालाई गिराफ्तार गरेको छ । गिराफ्तार हुने हरूमा १) रामकेश गुप्त २) दिनेश यादव ३) रामेश्वर यादव ४ ) प्रदिप यादव ५) संजय कुमार मिश्रा लगायतका रहेका छन । साथै रोहित सहानी र संजय मिश्राको सामसुङ मोबाइल प्रहरीले फोटो डिलिट गरि फुटालेको छ भने कतिपयको मोबाइल फ़र्काइएको छ । तर्सथ प्रहरीहरूको यस्ता क्रियाकलापले घोर मानाव आधिकारको उलङघन भएको गठबन्धन रूपन्देहीको ठहर रहेको छ ।

निजहरूलाई गिराफ्तार पछि पनि आदालत परिसर भित्र रहेका डा.राउतका समर्थकहरू र दाजु जयकान्त राउतलाई पनि झुक्याई डा सि के राउतलाइ भेटाउने गराउने बहानामा प्रहरीले आफ्नै गाडीमा जि प्र लगे लगक्तै डा. सि के राउतलाई धोखा धडी माध्यमबाट गल्लिको बाटो साझ ४:४५ बजे म्याद थप गराएको हो सो बखत हजारौं को संख्यामा प्रहरी परिचालन गरि आदालतमा आएका सर्बसधारणहरू लगायत पत्रकार, मानावआधिकारवादी मिडिया, सबैलाई प्रहरीले गेट बाहिर धपाएको घटना प्रति गठबन्धन रूपन्देही घोर अपाक्ति प्रकट गरेको छ । सधै गिराफ्तार सबै युवाहरूको रिहाईको पहल गरि गराई दिनु हुन सम्बन्धित सबैमा हार्दिक अपिल समेत गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *