
कलैया ४, बैशाख । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले बारामा दख्खल राख्ने प्रभावशाली स्थानीय नेताहरुसहित हजारौंको संख्यामा रहेका कार्यकर्तालाई टिका लगाएर पार्टी प्रवेश गराएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, राप्रपा लगायत विभिन्न पार्टी परित्याग गरी आएका नवप्रवेशीलाई अध्यक्ष यादवले अबीरमालाले स्वागत गरेका छन् ।
फोरम नेपालका केन्द्रीय सदस्य एवं बाराका पूर्व सांसद प्रमोद गुप्ताका अनुसार जिल्लाको सदरमुकाम कलैयामा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी बाह्र सय नेता कार्यकर्ता फोरम नेपालमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस बारा क्षेत्र नं. १ का क्षेत्रीय सदस्य सत्यनारायण यादवको नेतृत्वमा कांग्रेस परित्याग गरी तीन सय कार्यकर्ता फोरम नेपालमा आबद्ध भएका छन् । सद्भावना पार्टी परित्याग गरी मुस्तफा अन्सारीको अगुवाईमा कोतवाली गाविसका तीन सय पच्चिस जना कार्यकर्ताले पार्टी प्रवेश गरे । जेपी गुप्ता नेतृत्वको तराई मधेश राष्ट्रिय अभियानका बारा जिल्ला संयोजक विजय गुप्तासँगै सयौंको संख्यामा कार्यकर्ताहरु फोरम नेपालको सदस्यता लिएका छन् ।
नेकपा एमालेका स्थानीय नेता रामबली चौधरी, शम्भू यादव, नेसाखल अन्सारी, गफुर मियाँ र शिवपुजन यादवसहित सो क्षेत्रका सयौं कार्यकर्ताले पनि पार्टी परित्याग गरी फोरम नेपालसँग जोडिएका छन् । बाराको क्षेत्र नं. ३ फेटा जगतपुरका स्थानीय नेता अमिरी दास प्रसाद, कैलाश महतो र क्षेत्र ४ बुनियादका जयप्रकाश मण्डलसहित दुई सय जना कार्यकर्ता एमाले परित्याग गरी फोरम नेपालमा आबद्ध भए । धर्मनगरका पूर्व गाविस अध्यक्ष योगेन्द्र प्रसाद केशरी र कब्दीजब्दीका एकबाली प्रसाद यादवले एमाले परित्याग गर्दै आफूसँगै डेढ सय कार्यकर्तालाई फोरम नेपाल प्रवेश गराए ।





कांग्रेस नेता जगतपुरका रामनरेश राउत कुर्मी, भलुही भर्वलियाका कांग्रेस नेता एवं पूर्व गाविस अध्यक्ष बैजनाथ प्रसाद कुर्मी, जिरजोधन दास, अधिवक्ता सन्तोष कलवारले आफूसँगै साढे दुई सय कार्यकर्तालाई फोरम नेपालको सदस्यता दिलाएका छन् ।
बारा क्षेत्र नं. २ कबदीका कांग्रेस नेता नवलकिशोर यादव, गढीमाई सिमराका पारस चौधरी, पतरहरीका कांग्रेस क्षेत्रीय सदस्य राकेश प्रसाद यादवको नेतृत्वमा चार सय पचास जना कार्यकर्ताले फोरम नेपालको सदस्यता लिएका छन् । बारा क्षेत्र ५ पिप्रबस्तपुरमा माओवादी नेता हिरालाल साह, कांग्रेस नेता सुरेश चौधरी, करैयामाईका कांग्रेस नेता श्याम निवास प्रसाद यादव, एमाले नेता सोनालाल केशरी, मधुबनका एमाले नेता रामलखन चौधरी, शम्भू प्रसाद यादव, सोनालाल साहसहित सयौं कार्यकर्तालाई फोरम नेपालमा स्वागत भएको छ ।
विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका नेता एवं हरैया गाविसका पूर्व अध्यक्ष रामलखन चौधरी, राप्रपा नेता बच्चीदेवी यादव र महिला मञ्चकी केन्द्रीय सदस्य मञ्जु गिरीसहित भारी संख्यामा रहेका कार्यकर्ता फोरम नेपालमा आबद्ध भएका छन् ।
त्यस्तै, कलैयाका व्यापारीहरु सुरेश गुप्ता, राजू दास, उपेश गुप्ताको नेतृत्वमा भारी संख्यामा व्यापारी व्यवसायीहरु फोरम नेपालमा संगठित भएका छन् । पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथि उपेन्द्र यादवसहित जिल्ला अध्यक्ष रामबाबु यादव, राजनीतिक समिति सदस्य प्रमोद गुप्ता, फोरम नेपालका केन्द्रीय सदस्यहरु करिमा बेगम, रामकिशोर यादव, चुमनबाबु केवट, बच्चा यादव, प्रकाश चौगाई, प्रयाग राय यादव र हालै मात्रै पार्टी प्रवेश गरेका बाराका प्रभावशाली नेता एवं पूर्व सांसद आत्माराम साह र कलैया नगर अध्यक्ष विनोद बरई लगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै एक फरक प्रशंगमा अध्यक्ष यादवले चुनाब कुनै पनि हालतमा नहुने र सेना परिचालन गरे लोकतन्त्रको हत्या हुने बताउनु भएको थियो ।
Facebook Comments