Loading...
वीरगंजमा जगदम्बा पाईप वीरगंज सिटी हाफ मैराथन २०७४  प्रतियोगिता हुने
वीरगंज, बैशाख ४
पर्साको वीरगंजमा यहि बैशाख ९ गते शनिबार जगदम्बा पाईप वीरगंज सिटी हाफ मैराथन २०७४  प्रतियोगिता हुने भएको छ । वीरगंज घण्टाघरमा बिहान ६ बजे  हुने प्रतियोगिता  खुला तर्फ २१.१ किलोमिटर र मिडिया र प्रतिष्ठान तर्फ ३ किलोमिटर गरी २ समुहमा  प्रतियोगिता हुने एथलेटिक्स संघ पर्साका संयोजक एवं कार्यक्रमक संयोजक शैलेन्द्र पाण्डेले बताए । संयोजक पाण्डेका अनुसार खुला तर्फ हुने २१.१ किलोमिटर दौड प्रतियोगितामा प्रथम हुनेलाई प्रमाण पत्र, मेडल सहित नगद २०,००० हजार,दोस्रो हुनेलाई प्रमाण पत्र, मेडल सहित नगद १५,००० हजार र तेस्रो हुनेलाई प्रमाण पत्र, मेडल सहित नगद १०,००० हजार पुरस्कार दिने बताए । यसैगरी ३ किलोमिटर दौडमा  प्रथम हुनेलाई प्रमाण पत्र, मेडल सहित नगद ७,००० हजार,दोस्रो हुनेलाई प्रमाण पत्र, मेडल सहित नगद ५,००० हजार र तेस्रो हुनेलाई प्रमाण पत्र, मेडल सहित नगद ३,००० हजार  पुरस्कार दिने पाण्डेले बताए ।
खुला तर्फ हुने २१.१ किमि हाफ मैराथन घण्टाघर देखि डाबर सम्म र डाबर देखि घण्टाघर सम्म हुने आयोजकले जनाएको छ । यसैगरी ३५ बर्ष उमेर समुहका व्यक्तिले मात्र सहभागि हुन पाउने मिडिया र प्रतिष्ठानतर्फको ३ किलो मिटरको दौड प्रतियोगिता घण्टाघर देखि पावर हाउस सम्म र पावर हाउस देखि घण्टाघर सम्म हुने कार्यक्रम संयोजक शैलेन्द्र पाण्डेल जानकारी दिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *