
वैशाख ४, ललितपुरको भट्टेडांडामा सङ्घीय समाजवादी फोरमको बाग्मती गाउंपालिका तदर्थ समिति गठन गरिएको छ । टेक प्रसाद न्यौपानेको संयोजकत्वमा गठित सात सदस्यीय समितिमा उप-संयोजक धन बहादुर स्याङ्तान, सचिव देव बहादुर मगर,सदस्यहरु क्रमश प्रदिप लामा,मान बहादुर भोम्जन,ओम बहादुर भोम्जन र धन माया तामाङ रहनु भएको छ । उक्त समितिलाई अविलम्ब विस्तार गर्ने निर्णय समेत गरिएको छ । नव गठित समितिका सचिव आजै एमाले परित्याग गरी ससफो प्रवेश गरेका हुन् । वहां ०५४ सालमा भट्टेडांडा गाविसका निर्वाचित वडाध्यक्ष पनि हुनु भएको थियो । आजको कार्यक्रममा पार्टीका केस तथा जिल्ला इञ्चार्ज न्हुच्छेलाल महर्जन, केसहरु क्रमश: उत्तम लामा,लिला सिटौला, जिल्ला उपाध्य द्वय किरण मगर र गणेश आचर्य,समावादी महिला फोरम जिल्ला अध्यक्ष रिता मगर, पार्टीका जिल्ला सदस्य रुद्र थिङ तामाङ लगाएतको उपस्थिति रह्यो ।
Facebook Comments