
पछिल्लो छ दिन सप्तरीका डेढ दर्जन भन्दा वढि क्रियाशिल पत्रकारहरू नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय अगाडि चैत्र 30 गते देखि तालावन्दि सहित धर्ना बसिरहेको छ । उनीहरुले केन्द्रिय पदाधिकारीहरूको रवैया अझै सन्तोषजनक नभएको आरोप लगाएका छन् । नयाँ वर्ष, जुडशितल, सिरूवा पर्वको मुखमा घर परिवार छाडने पिडा, क्रियाशिल पत्रकारहरूलाई कार्यक्षेत्र छाडने वाध्यतालाई समेत केन्द्रिय समितिले नवुझि सामान्य मानविय व्यवहारकै उपहास गरेको पत्रकारहरु को ठहर रहेको छ । विधान सम्मत ढंगले महासंघ चलाउनु पर्ने हाम्रो मागलाई केन्द्रिय समितिले उपहास गर्दै महासंघ जस्तो गरिमामय संस्थालाइ दल विषेश, व्यक्ति विषेश संस्थाका रूपमा विकशित गर्न उद्धत देखिएका छन्, जुन अत्यन्तै निन्दनिय छ पत्रकारहरु दवार जारि बिज्ञप्तिमा भनिएको छ । सप्तरी पत्रकार महासंग केन्द्रिय समितिको रवैयाले प्रति आक्रोस ब्यक्त गर्दै सशक्त आन्दोलनका गर्ने जनाएको छ । आज (मंगलवार) विहान 10 वजे सम्म माग सम्वोधन नभए महासंघका केन्द्रिय पदाधिकारिहरू वस्ने गरेकोले प्रेस काउन्सिलमा समेत तालावन्दि गर्ने चेतावनी पत्रकारहरुले दिएका छन् । विज्ञप्ति मार्फत आन्दोलनमा एक्यवध्यता जनाउने सम्पुर्ण महानुभावमा हार्दिक धन्यवाद ज्ञापन समेत गरिएको छ ।
Facebook Comments