Loading...
सदभावना पार्टी अब राष्टृय पार्टी भएको राजेन्द्र महतोको दाबि

५ बैशाख, काठमाडौं । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी र राजकुमार लेखीको नागरिक समाजवादी पार्टीबीच पार्टी एकता घोषणा भएको छ ।आज पार्टी एकता कार्यक्रममा महतो र लेखीले १० बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर गरेको सहमति पत्रमा थरुहट राज्य स्थापनाका लागि संघर्ष गर्नुका साथै सीमांकनसहितको संविधान संशोधनका लागि सरकार र दलहरुलाई बाध्य पार्ने उल्लेख गरिएको छ ।साथै एकीकृत पार्टीलाई राष्ट्रिय पार्टीको रुपमाविस्तार गर्ने दुई पार्टीको सहमति पत्र मा उल्लेख गरिएको छ । कार्यक्रममा बोल्दै अध्यक्ष राजेन्द्र महतोले अब आफ्नो पार्टी राश्टृय पार्टी भएको दाबी समेत गरेका छन । महतोले मधेश मा २ प्रदेश हुने र त्यो मधेश र थरुहट भएको जानकारी समेत गराउनु भएको थियो । यता लेखीले थरुहट प्रदेशको सवालमा महतो सकारात्मक भएको हुनाले पार्टी एकता गरेको जानकारी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *