Loading...
मोर्चा सहभागी नभएपनी चुनाव एकै चरणमा गर्नुपर्ने एमालेको अडान

मोर्चा सहभागी नभएपनी चुनाव एकै चरणमा गर्नुपर्ने एमालेको अडान प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने प्रमुख ५ दल सामु प्रस्ताव राखेका छन्। प्रमुख राजनीतिक दलहरुवीच आगामी बैशाख ३१ गते हुने स्थानीय निर्वाचनको रणनीति बनाउन बसेको ५ दलको संयुक्त बैठकमा दाहालले वैशाख ३१ गते र त्यसको २५ दिनपछि अर्को गरी स्थानीय निकायको निर्वाचन दुई चरणमा गर्ने प्रस्ताव राखेका हुन्। प्रधानमन्त्री प्रधानमन्त्री दाहालले आज बिहान ९ बजे बालुवाटारमा बोलाइएको बैठकमा नेपाली कांग्रेस, एमाले माओवादी राप्रपा र विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम सहभागी थियो। प्रधानमन्त्री दहालको प्रस्तावमा सबै दल सहमत भएपनि प्रमुख प्रतिपक्षी एमाले सहमत छैनन । उसले हामी एकै चारण को तयारी गरिरहेको हुनाले चुनाव एकै चरणमा गर्नु पर्ने अडान राखेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *