Loading...
सन्धिखर्कमा जिप दुर्घटना,१७ जना घाइत

सन्धिखर्कमा जिप दुर्घटना,१७ जना घाइतेगुल्मी जिल्लाको हाँडहाडेबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क आउँदै गरेको जिप दुर्घटना भएको छ । अर्घाखाँचीकोसन्धिखर्क नगरपालिका-२ चुत्राबेसी नजिकै दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।लु १ ज १६२५ नम्बरको जिप चुत्रावेसीको जनज्योती उच्च मावी नजिकै बाटोमा नै पल्टिएको हो । बाटो ओराला र चिप्लो भएका कारण गाडी दुर्घटना भएको प्रहरीले बताएको छ ।दुर्घटनामा परि घाईते हुनेहरुमा गु्ल्मी हाडहाडे–४ का अनुथापा, सिर्जना थापा, रवि जिसी, विष्णु जिसी, हाडहाडे–३ का हिरा बहादुर कुँवर, भुमकला कुँवर, थान बहादुर श्रेष्ठ, हाँडहाडे–२ का सुनिता घर्ती, पुनम थापा, हाँडहाडे–१ का सौरभ भुसाल, नमिता भुसाल, अर्घाखाँची खनका सरिता रिजाल, कौशीला रिजाल, प्युठानका सावित्रा विक र चाँदनी विक जमुना कार्की, नवलपरासीकी रोम कुमारी गुरुङ्ग, राजेन्द्र बस्नेत रहेका छन् । घाइतेहरुको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *