
काठमाडौं- चैत्र ७ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा रहेको संघीय समाजबादी फोरम बाहेकका मधेसबादी दलको बीचमा आज एकता हुने भएको छ । महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी , महेन्द्र राय यादब र राजकिशोर यादव नेतृत्वको पार्टी बीच एकता हुन लागेको एक नेताले बताएका छन ।
नयाँ पार्टीको नाम राष्ट्रिय जनता पार्टी र चुनाब चिन्ह छाता राख्ने नेताहरु बीच सहमति भएको बताइएको छ । तीन तीन महिनामा अध्यक्ष्यात्मक प्रणाली अपनाउने सहमति सहित पहिलो तीन महिनाको लागि महन्थ ठाकुरलाई अध्यक्ष बनाउने सहमति भएको छ । निर्बाचन या आन्दोलनमा जाने निर्णय भने पार्टी एकता भएपछि मात्र गर्ने ती नेताले बताएको छ ।
मुद्दा मिल्ने अन्य पार्टीसंग पनि क्रमश एकता गर्दै जाने नेताहरु बिच सहमति भएको छ ।
Facebook Comments