Loading...
आखिर नेपालमा पछिल्लोपटक के चाहन्छ दिल्ली ?

राजु लामा
काठमाडौं- चैत्र ७ । नेपालको राजनीतिलाई अत्यन्तै सुक्ष्म रुपमा नियाल्ने दिल्लीले नेपालको राष्ट्रपतिको भ्रमण पछि बल्ल मुख खोल्यो र भन्यो सहमतिको आधारमा नेपालको संबिधान कार्यन्वयन गर । नेपाल मामिलामा नजिकबाट नियालीरहेका नेता, पत्रकार, बुद्दिजीबिको पछिल्लो नेपाल सम्बन्धी धारणा फरक फरक भए पनि सारमा उनीहरुको बुझाई र भनाई नेपालमा राजनीतिक स्थायित्व नै भन्ने देखिन्छ ।

असन्तुष्ट पक्षको मागलाई नजरअन्दाज नगर्न सुझाउदै सांसद एबम राष्ट्रबादी कांग्रेसका महासचिब डि पी त्रिपाठीले राजनीतिक स्थायित्वको पक्षमा भारत रहेको जिकिर गरेका छन । उनको भनाई छ ,मधेसी दल र बिपक्षी एमालेको हठले नेपाल अस्थिर बन्न सक्छ यसमा सरकारबादी दल र स्वयं प्रधानमन्त्री दाहाल सचेत हुनुपर्ने देखिन्छ । प्रधानमन्त्री दाहाललाई नजिकको मित्र बताउदै त्रिपाठीले उनको प्रयासको प्रशंसा गरेका छन ।

सरकारबादी दल एबम लोक जनशक्ति पार्टीका प्रबक्ता अजय कुमार पांडेले नेपालको आर्थिक बिकास र उन्नतिमा जोड दिदै भारत सरकार त्यसमा सहयोग गर्न तयार रहेको बताएका छन । नेपाल हाम्रो अत्यन्तै नजिकको छिमेकी मुलुक भएको बताउदै पांडेले पनि राजनीतिक स्थायित्वमा जोड दिएका छन ।

पत्रकार बिपिन धुलियाले असन्तुष्ट पक्षको मागलाई नेपाल सरकारले सम्बोधन गरेमा राजनीतिक स्थायित्वको मार्गमा नेपाल अग्रसर हुने बताए । उनले नेपाललाई भारतको सधै सहयोग रहने बताउदै पत्रकारिता जगतले नेपालको राजनीतिक स्थायित्वमा साथ दिने बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *