
वीरगंज,बैशाख ६
अन्र्तराष्ट्रिय ज्योतिष महासंघ एवं अनुसन्धान केन्द्र टेक्सास अमेरिकामा बैशाख १७ गते हुने सम्मान समारोहमा भाग लिन अन्र्तराष्ट्रिय ज्योतिष महासंघ एवं अनुसन्धान केन्द्रका अन्र्तराष्ट्रिय महासचिव डाँ. आर्चाय ऋषभ रेशु बैशाख १५ गते अमेरिका जाने हुनु भएको छ । पर्सा वीरगंज उपमहानगरपालिका वडा नं. १२ (साविक १५) निवासी डाँ. ऋषभ रेशु विगत १० बर्ष देखि ज्योतिष बिद्यामा अध्ययन अनुसन्धान गर्दै आउनु भएको छ ।
अन्र्तराष्ट्रिय ज्योतिष महासंघ एवं अनुसन्धान केन्द्रले हरेक ५ बर्षमा प्रदान गर्ने अन्र्तराष्ट्रिय स्तरको सम्मान बाट सम्मानित हुने डाँ. ऋषभ रेशु पहिलो नेपाली हुन । ज्योतिष शास्त्रमा बिद्यावारिधी गरेका बिद्यार्थीहरु मध्ये उत्कृष्ट अनुसन्धान गरेका बिद्यार्थीहरुलाई सो सम्मान प्रदान गर्ने गरिएको र बिगत २० बर्ष यता नेपाल र भारतबाट सो सम्मानको लागि कोई छनौट नभएको डाँ. ऋषभ रेशुले जानकारी समेत दिए । युवा ज्योतिष बिज्ञ २०१५, तान्त्रिक सम्राट , रसायन तन्त्र बिशेषज्ञ २०१६ जस्ता सम्मानहरु बाट सम्मानित डाँ. ऋषभ रेशुलाई बैशाख १८ गते अमेरिकी सरकारले बिशेष सम्मान स्वरुर्प “गार्ड अफ अनर”प्रदान गर्ने छ ।
१५ दिने अमेरिका बसाईको क्रममा बैशाख १९ गते त्याहाँका समाजिक र राजनितीक अगुवाहरु बिच साक्षात्कार कार्यक्रम,बैशाख २० गते टेक्सास अमेरिकामा नव निर्मित राधाकृष्ण मन्दिरको प्राणप्रतिष्ठा र बैशाख २१ गते २७ सम्म राधाकृष्णा प्रणामी ट्रस्ट अमेरिका द्वारा आयोजित श्रीमदभागवत कथा सप्ताह यज्ञमा कथा वाचन गर्ने कार्यक्रम रहेको उहाँका कार्यायल सहयोगी मुकेश अर्यालले जनाए । यसैगरी बैशाख ३० गते अमेरिकन हिन्दु सोसाईटी वासिंगटनद्वारा आयोजित बिशेष छलफल कार्यक्रमलाई सम्बोधन गर्ने र जेष्ठ २ गते पुनः टेक्सासमा अन्र्तराष्ट्रिय ज्योतिष महासंघ एवं अमेरिकन हिन्दु सोसाईटीद्वारा आयोजित रात्री भोज एवं बिदाई कार्यक्रममा सहभागि भई जेष्ठ ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको कार्यालय सहयोगी अर्यालले बताए ।
डाँ. ऋषभ रेशुले आफनो मेडिकल पेशालाई त्यागेर यस क्षेत्रमा बिगत १० बर्ष देखि लगातार खोज अनुसन्धान गर्दै सेवा पुरयाउदै आउनु भएको छ र सो अन्तरालमा उहाँ भारत, थाइल्याण्ड,मलेसिया, बाङ्गलादेश,मोरिसस लगायत १० वटा देशमा भ्रमण गरी धर्म र ज्योतिष शास्त्र सम्बन्धि कार्यक्रमहरुमा सहभागि भइसक्नु भएकोछ ।

Facebook Comments