
रौतहट ७ गते बैशाख ।स्थानीय तहको निर्वाचनलाई स्थगित गरी संविधान संशोधन गर्नका लागी माग गर्दै आएका मोर्चाका कार्यकर्ता र प्रहरी विच झडप भएको छ ।संयुतm लोकतान्त्रिक मधेशी मोर्चाका केन्द्रिय निर्देशन बमोजिम आज भएको लाठी जुलुस नगर परिक्रममा गर्दै आएका कार्यकर्ताहरुले शहरी विकास मन्त्रालय काठमाण्डौद्धारा आयोजित जनताको अवाज कार्यक्रममा एमालेका सभासद लगायत मधेश विरोधी सभासद सहभागी भएको भन्दै नारा जुलुस लगाएका थिए ।नारा जुलुस लगाउने क्रममा कार्यकर्ताद्धारा कार्यक्रम स्थलमा ढुगा हिर्काएकोले प्रहरी र कार्यकर्ता विच झडप भएको थियो । प्रहरीले आसु ग्याँस ५ राउण्ड प्रहार गरेको मोर्चाका कार्यकर्ताले जनाएको छ ।झडपको क्रममा पूर्व सभासद रम्भा देवी , नेता रामेश्वर राय यादव ,सदभावना पार्टीका जिल्ला अध्यक्ष शेष जमसैद ,तमलोपाका अरुण सिह ,संघीय समाजवादीका उपाध्यक्ष धर्मेन्द्र पटेल , विनयलाल दास, प्रेमशंकर साह, सुबोध झा लगायत कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
Facebook Comments