Loading...
मधेसबादी दल निर्बाचनमा सहभागी हुने या नहुने बिषयमा आज निर्णायक बार्ता हुदै

काठमाडौं-चेत्र ८ । सरकार र मधेसबादी दल बीच आज निर्णायक बार्ता हुदैछ । आजको बैठकबाट मधेसबादी दल स्थानीय तहको निर्बाचनमा सहभागी हुने या नहुने टुंगो लाग्नेछ । प्रधानमन्त्री पुष्प कमल दाहालले अहिले बिहान मधेसबादी दललाई बार्ताको लागि बोलाउनुभएको हो । मधेसबादी दललाई निर्बाचनमा ल्याउने अन्तिम प्रयास स्वरुप दाहालले आजको निम्ति बैठक डाकिएको हो ।

मधेसबादी दलबीच एकताको प्रक्रिया चलिरहेको, आन्दोलन वा चुनाब भन्ने बिषयमा मधेसबादी दलहरु अन्योलमा रहेको बेला आजको बैठकलाई अत्यन्तै महत्वका साथ हेरिएको छ । सरकार र मधेसबादी दलबीच आज निर्णायक बार्ता हुने बताएपनि ठोस निकास भने निस्कने सम्भावना कम रहेको मधेसबादी दलका एक नेताले बताएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *