Loading...
यस कारण जनताले भन्न थाले ५ दलको एकिकरण भारतको खेल, इन्डियामा भाजपा, नेपालमा राजपा

– डक्त्रोल
कहिले एक अर्का सँग कुनै पनि बिषयमा नमिल्ने ५ दलले आज एकता गरेको छ । बिगतको इतिहास हेर्ने हो भने यि दलहरु सरकार बिरुध आन्दोलन गर्नु बाहेको अरु कुनै पनि बिषयमा तालमेल गरेको पाइदैन । एकिकरण गर्नु आफैमा राम्रो कुरो हो तर सबाल यो उठ्छ कि एकिकरण यती छिटो र कहिले पनि नमिल्ने दलहरु कसरी मिलेत ? अझ भनौ जब जब नेपालमा वा मधेशमा नया तथा बिशाल शक्तीको जन्म हुन्छ तब तब त्यसको बिरुध अर्को शक्ति लगतै जन्म लिन्छ यो भनेको अदृश्य शक्तीको खेल नै हो । कुरा हो त्यती बेलाको जती बेला उपेन्द्र यादव नेतृत्वको मधेशी जनाधिकार फोरमको जन्म भयो र शक्तिशाली भएर देशमा आफ्नो अधिकार जमायो त्यती नै बेला लगतै मधेशमा तमलोपाको जन्म भयो के यो सम्योग मात्र हो त ?
त्यती मात्र होईन नेपालको समग्र राजनितीमा समेत त्यो शक्तिले समय समयमा खेल्ने गरेको छ । अहिले आएर ५ दलले एकता गरेको छ तर ५ वटै दल मध्ये कसैको पार्टीको नामको एउटा पनि शब्द घोषणा गरिएको पार्टीको नाम मा छैन । मधेशी जनताले शन्का गर्न थालेका छन कि इन्डियामा भाजपा र नेपालमा राजपा । के अरु कुनै नाम थिएन ?
खासमा कुरा के हो भने अहिले नेपालमा उदय हुनथालेको र शक्ती सन्चय गर्न थालेको उपेन्द्र यादव नेतृत्वको सङ्हीय समाजबादी फोरम नेपाललाई धक्का दिनको लागी एउटा भारतले यि ५ दल बिच गेम खेलेर एकता गराएका हुन । यो शक्तीले मधेशी जनता केहि दिनको लागी खुशी भएपनी यो एकता लामो समय सम्म टिक्न नसक्ने नाम न खोल्ने सर्तमा एक नेताले बताएका छन । त्यसैले होला मधेशी जनता भन्न र सामाजिक सन्जालमा लेख्न थालेका छन – इन्डियामा राजपा, नेपालमा राजपा ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *