Loading...
किरण राई माथी एमालेका बिनोद राईको साङ्घातिक आक्रमण

भोजपुर जिल्ला, वासीखोरा  बस्ने, राम प्रसाद राई गाउँ पालिका वडा नम्वर ९ बस्ने बर्दान हाङ्गखिम राईको बाबा शेर बहादुर राई गाउमा किरण राई भनि चिनिने लाई ने.क. पा.(एमाले) का बिनोद राई लगायतकाहरुले कुटपिट गरि घाइते बनाएको कुरा बर्दन हाङ्गखिम राईले बताउनु भएको छ।बर्दान हाङ्गखिम राई सङ्घीय समाजवादी फोरम,नेपालको जन सङगठन समाजवादी विधार्थी फोरम,नेपाल जिल्ला समिती,सुनसरीका उपध्यक्ष तथा सङ्गठन बिभाग प्रमुख हुन।उहाका अनुसार तेरो छोरालाइ सङ्घीय समाजवादी फोरम,नेपालमा पठाइस भनी कुटेका थिए।तेरो छोरालाइ पनि मार्छु भनी दागा धरेको बताए।हाल सङखुवा सभामा काम विशेषले गएका बर्दन हाङ्खिम राई भोलि बैशाख ८ गते आफ्नो घर जाने कार्यक्रम भएता पनि अब ज्यान माथि नै धावा बोलेकाले डर पनि लागेको बताएका छ्न।कसरी घर जाने? बाबालाइ कुटपिट भएको छ।हेर्न पनि नपाइने भो! बर्दन हाङ्गखिम राईले दुखेसो पोखे।बाबालाइ कुटपिट गरि गम्भीर घाइते बनाएको छ।पार्ट्रीको केन्द्रीय समितिमा पनि यो कुरा पुराइ कसरी अब अगाडि बढ्ने हो पहल गरिदिन भनि उहाले म सङ्ग आग्रह गर्नु भयो।उहाको फेसबुक वाल स्टाटस अनुसार पनि उहाको बाबालाइ मारी फालेको तर तेस्रो जीवन पाउन सफल भएको बताएका छ्न भने सबै परिवारलाई गाउबाट बिस्थापित गर्ने धम्कि सम्मा दिएको बर्दान हाङ्गखिमले बताएका छ्न।लोकतन्त्रको नाममा पन्चायतकालिन झल्को दिने खालको ने.क.पा.(एमाले)को यो कार्य घोर निन्दनिय छ।सो कार्यले राजनितिकको नाममा अराजनितिक देखाएको पुष्टि भएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *