Loading...
हिरासतमा प्रहरीद्धारा सि.के.राउतलाई कुटपिट एवं यातना

स्वतन्त्र मधेश गठबन्धनको केन्द्रीय संयोजक डा.सि.के.राउतलाई वैशाख ७ गते आदालमा ४ घन्टा लामो बयान सकिए पछि भैरहवाको डिएसपी बेल बहादुर पान्डेको निर्देशमा ईन्सपेक्टर भीमलाल सुदामीले लागू औषधमा फसेका कैदीहरूको हिरासत कक्षमा लगेर डिएसपी पाण्डेको घोषित निर्देशन अनुसार आदालतमा वकिलहरू किन धेरै राखेको भन्दै कैदीहरूलाई कडा निर्देशन दिई डा. सि. के राउतलाई कुट पिट गर्न लगाईएको हो । कुटपिट पछि स्वास्थ्य स्थिति गम्भीरभए पछि प्रहरीले बुटवल अंचल अस्पतालमा राती ११ बजे भर्ना गरेको थियो । यता प्रहरीको यस्तो क्रियाकलाप प्रति गठबन्धन रूपन्देहीका संयोजक भोपेन्द्र यादवले प्रेश विज्ञप्ति जारी गरि घोर अपाक्ति प्रकट गरेका छन । साथै रूपन्देही प्रहरीले डा.सि.के .राउत माथि यस्तो अत्याचार पटक पटक गरिराखे भने अबिलम्ब रूपन्देही बन्दको घोषणा गरि शान्ति पुर्ण प्रदर्शनमा उत्रिने चेतावनी दिएका छन । साथै रूपन्देही प्रहरीले ४९ जना स्वराजी माथि झुठा मुद्दा दर्ता गरि छोरी कुटेर बुहारी तर्साउने निन्दनीय कार्या गरेको प्रति गठबन्धन रूपन्देही खेद ब्यक्त गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *