
वीरगंज,बैशाख ८
वीरगंज माईस्थान पार्क नजिक रहेको काल भैरव मन्दिर निर्माणमा भईरहेको ढिलाई प्रति हिन्दु परिषद नेपालले कडा आपति जनाएकोे छ ।
मन्दिर निर्माण स्थलमा आज एक कार्यक्रम गरी हिन्दु परिषद नेपालका केन्द्रिय अध्यक्ष पुरुषोत्तम दुवेले सो आपति जनाएका हुन ।
नयाँ ढंगबाट मन्दिर निर्माण गर्न संचालक समितीले विगत २÷३ बर्ष अगाडि सो मन्दिर भत्काए पनि हाल सम्म समितीले मन्दिर निर्माणमा कुनै चासो नदेखाएको दुवेले आरोप लगाए ।
समितीले भत्काइएका मन्दिर निर्माणको थालनी १५ दिन भित्र शुरु नगरे हिन्दु परिषद नेपाल सहित स्थानिय बासिन्दाहरु चरणवद्ध आन्दोलन गर्न बाध्य हुने परिषदका अध्यक्ष दुवेले बताए । माईस्थानको मुल एतिहासिक धरोहरको रुपमा रहेको काल भैरव,शितला माता,निलकन्ठ महादेवको मन्दिर निर्माण नहुदाँ बिशेष गरी वीरगंजका भक्तजनहरुलाई पुजा गर्न समस्या हुने गरेको छ ।
काल भैरवको मन्दिरको मुर्तिहरु समेत नजिकै रहेको मन्दिरमा राखिएकोले सो मन्दिरमा पुजा गर्न भक्तजनहरुलाई समस्या हुने गरेको स्थानियले जनाएका छन ।
स्थानियहरुले हाल सो क्षेत्रमा फोहर तथा दिशा पिसाव फयाक्ने काम गरेकोले सो क्षेत्र दिन प्रति दिन दुर्घन्ति बन्दै गएको छ ।
कार्यक्रममा हिन्दु परिषद नेपालको संगठन मन्त्री धर्मेन्द्र पटेल, राष्ट्रिय हिन्दु एकता मंच नेपालका पर्सा जिल्ला अध्यक्ष घनश्याम सापकोटा, अपाङ्ग कलयाण संघ पर्साका अध्यक्ष संजय सर्राफ, मधेश समता पार्टीका वीरगंज नगर अध्यक्ष अकलेश साह, हिन्दु परिष नेपालका पर्सा संयोजक भुपेन्द्र पौडेल,हिन्दु परिषद नेपालका सुरेश साह कानु, स्थानिय रमेश गुप्ता, प्रदिप गुप्ता, कन्हैया प्रसाद , ओम प्रसाद, रोशन केशरी, नितेश वर्णवाल, पवन पटेल, विशाल यादव लगायत एनपीडेलीका संचालक एवं वीरगंजका क्रियाशिल पत्रकार संतोष पटेल, भोजपुरी टाईम्स दैनिकका श्रवण साह, एक्सरे खबर अनलाईनका राकेश साह लगायतको उपस्तिथी रहेको थियो ।
Facebook Comments