
डा.सि.के राउत भन्ने चन्द्रकान्त राउतले रुपन्देही जिल्ला अदालतमा लामो वयान गरेको र धेरै वकिल राखेको भन्दै रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकृतहरुको प्रत्यक्ष निर्देशन तथा आदेशमा निज डा. सि.के राउतलाई गाली गलौज गर्दै अन्य अपराधमा पक्राउ परेका थुनुवा कोठामा राखी गैर मधेशी थुनुवाहरुलाई लगाएर र्निमम तथा अमानवीय तरिकाले कुटपिट गरी यातना दिएको खबर प्रति मधेसी जनता पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मधेसी जनता पार्टी दवारा जारि बिज्ञप्तिमा भनिएको छ ” प्रहरी अधिकृतहरुको प्रत्यक्ष निर्देशनमा निज माथि गरिएको अमानवीय तथा अपमानजनक ब्यवहार मानव अधिकारको ठाडो उलंघन भएको ठहर गर्दै कडा शब्दमा निन्दा तथा घोरर्भत्सना गर्दछु। घटनाको छानबिन गरी संलग्न प्रहरी अधिकृतहरुलाई कानुन बमोजिम कारवाहीको माग गर्दछु ।” साथै यस्ता गम्भीर मानव अधिकार उलंघनको घटनाहरुमा राष्ट्रिय मानव अधिकार आयोग नेपाल, एडभोकेसी फोरम, इन्सेक, सेलर्ड, थर्ड एलायन्स, अन्तर्राष्ट्रिय मानव अधिकार समिति, एशियाली मानव अधिकार आयोग, इन्टरनेश्नल एमनेष्टी, ह्यूमन राइटस वाच, यातना सम्बन्धी यूनको बिशेष समाधिक्षक लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरुलाई आफनो मौनतालाइ तोडी मानव अधिकारको संरक्षण तथा सम्बर्धन गर्नको लागि बिशेष भूमिका निर्वाह गर्न समेत मधेसी जनता पार्टी ले आग्रह आग्रह गरेको छ ।
Facebook Comments