
बैशाख ९/सङ्हीय गठबन्धनदवारा विराटनगरमा निर्वाचन सामाग्री जलाउनुका साथै कर्मचारीहरुलाई धपाएका छन् । विराटनगर सरोचियास्थित शैलेस मन्दिर अगाडि निर्वाचन सम्बन्धी गतिविधि गर्न गएका कर्मचारीहरुसँग रहेका सम्पूर्ण सामाग्री खोसेर सङ्हीय गठबन्धनदका कार्यकर्ताहरुलेजलाएका छन् । शनिबार विहानसवा ११ बजे सामाग्रीहरु जलाइएको छ । उक्त घटनाको नेतृत्व गरेका सङ्हीय गठबन्धनदका नेताले संचार कर्मी सँग भने,‘सैलेश मन्दिर अगाडि निर्वाचन आयोगका कर्मचारीहरुले कार्यक्रम गर्न लागेको थाहा पाएपछि हामी त्यहाँ पुग्यौं । सम्पूर्ण सामाग्रीहरु नियन्त्रणमा लिएर जलाउँदा कर्मचारीहरु आफै भागे । केही छिन मै प्रहरी आयो । हामी नारावाजी गर्दै बाहिरियौं ।’श्रोतका अनुसार सङ्हीय गठबन्धनदका कार्यकर्ताहरुले निर्वाचनमा खटेका कर्मचारीलाई हातपात गर्न खोज्दा भागेका थिए । कर्मचारीहरुले नै प्रहरीलाई बोलाएका थिए ।
Facebook Comments