Loading...
संघीयतालाई समाप्त पार्ने खेलमा सरकार रहेको मधेशी मोर्चाको आरोप

किरण कर्ण – जनकपुर, ९ वैशाख । नव गठित राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले चुनावको वातावरण बनाउनको लागि संविधान संशोधन आवश्यक रहेको बताए । जनकपुरमा शनिबार संयूक्त लोकतान्त्रिक मधेशी मोर्चा धनुषाले आयोजना गरेको विशाल विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले चुनावको वातारण बनाउनको लागि संविधानमा सुधार गर्नुपर्ने वा संशोधन नै गर्नु पर्ने कुरा स्पष्ट पारे । उनले संविधान संशोधनको पक्षमा नेकपा एमाले खुलेरै लागेको आरोप लगाउदैँ सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र अलमलमा रहेको हुनाले मधेश र मधेशी अधिकार सम्पन्न हुन नसकेको बताए ।

अहिले जारी भएको संविधान उदार नभई कठोर संविधान रहेको भन्दै अध्यक्ष ठाकुरले अपरिवर्तनीय खालको संविधानमा अनेकन विघ्नबाधाहरु रहेकोले अति नै जटिलतम संविधान भएकोले विभेदकारी संविधानलाई तत्काल सच्याउन जोडदार माँग गरे । त्यस्तै मधेशी मोर्चाको घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा स्वायत्त मधेश प्रदेश नभएसम्म संविधान अस्वीकार्य रहेको बताए । उनले संविधान संशोधनको सवालमा जनतासंग दुई विकल्प भएको बताउदैँ अध्यक्ष यादवले संवैधानिक संसदीय मार्फत संविधान संशोधन वा पुनः लेखन भएको बताए ।

उनले यसको विकल्पमा जनविद्रोहको बाटोबाट यस संविधानलाई खारेज गरी नयाँ संविधान जारी गर्नु रहेको छ । उनले सरकारको कोर्टमा बल रहेको भन्दै अध्यक्ष यादवले भने– सरकार संविधान पुनः लेखन चाहन्छ वा सच्याउन चाहन्छ वा अन्य अर्को विकल्पको लागि बाटो कुर्दै छ । संघीय प्रणालीको रक्षा गर्नु आजको अति नै आवश्यकता रहेको र हाम्रो दायित्व रहेकोले मधेशमा कुनै पनि हालतमा स्थानीय चुनाव हुनु दिनु हुदैँन भनेर उद्घोष समेत गरे । चुनाव विथोल्नको लागि उनले कार्यकर्तालाई गाउ गाउमा बुथ परिचालन समिति गठन गर्न निर्देशन समेत दिए ।

उनले सरकारले मुलुकलाई संघीयविहीनता तर्फ लान खोजेकाले चुनाव विथोल्नु पर्ने स्पष्ट पारे । संघीयतामा गईसकेको मुलुकमा संसदिय निर्वाचन नै नगरी स्थानीय निर्वाचन गर्नु भनेको संघीयता धरापमा पार्ने षड्यन्त्र सरकारले गरेको आरोप लगाए । उनले वर्तमान सरकारलाई लुटतन्त्र, भ्रष्टतन्त्र र गुण्डातन्त्रको संज्ञा दिदैँ बेईमानी सरकार रहेको आरोप लगाए । विगतमा मधेशी मोर्चासंग लिखित रुपमा विभिन्न मुद्दाको सवालमा संविधान संशोधन गर्ने र मधेश आन्दोलनको क्रममा राज्यले झुठा मुद्दा लगाई पक्राउ गरेको र फसाईएकाहरुको मुद्दा खारेज लगायतका सम्झौता गरेतापनि हालसम्म कार्यान्वयन नगरेको भन्दै यस्तो आरोप लगाएको कुरा स्पष्ट पारे ।

उनले स्पष्ट पार्दै भने– हामी चुनाव विरोधी नभएकोले सर्वप्रथम संसदीय चुनाव, त्यसपछि यस नवगठित सरकारले प्रादेशिक चुनाव र सो प्रादेशिक सरकारले स्थानीय चुनाव गर्नेछ । उनले प्रान्तीय सरकारले राज्यको पुनः संरचना मार्फत प्रादेशिक सरकारले प्रदेशमा कति गाउपालिका वा कति नगरपालिका आवश्यक रहेको छ, सो अनुसार नक्सा निर्धारण गर्ने छ भनेर बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *