Loading...
नेकपा क्रान्तिकारी माओवादीका नेता रोशन जनकपुरीद्वारा पार्टी परित्याग गरेको घोषणा

किरण कर्ण – जनकपुर, ९ वैशाख । नेकपा क्रान्तिकारी माओवादीका नेता रोशन जनकपुरीले पार्टी सांगठनिक ढाँचा लचक भएको भन्दै औपचारिक रुपमा पार्टी परित्याग गरेको घोषणा गरेका छन् । शनिबार जनकपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै क्रान्तिकारी माओवादीको सांगठनिक संरचना अव्यवस्थित रहेकोले पार्टी परित्याग गरेको स्पष्ट पारे । कम्यूनिष्ट आन्दोलनले पहाडलाई मात्रै प्रभाव पारेको, मधेशको मुद्दालाई उठाउन नसक्नु पनि क्रान्तिकारी माओवादीको समेत कमजोरी रहेको आरोप नेता जनकपुरीले लगाए ।

समाचारदाताको एक प्रश्नमा नेता जनकपुरीले आफु अहिले कुनै पार्टीमा नजाने सोचमा रहेको बताउदैँ उनले भने– नयाँ शक्ति पार्टी नेपालको अध्यक्ष डा.बाबुराम भट्टराई नव नेपाली कांग्रेसी भएको र आफु कम्यूनिष्ट, अनुशासित, प्रतिबद्ध, सांगठिन चुस्तदुरुस्त र मधेश मुद्दालाई आत्मसात गरी अगाडी बढ्नसक्ने खालको हुनु पर्ने बताए । वहाले क्रान्तिकारी माओवादीको साधारण सदस्य, धनुषा जिल्ला ईन्चार्ज, केन्द्रिय सदस्य पद र मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपाल क्रान्तिकारी अध्यक्ष पद एवं देशभक्त जनगणतान्त्रिक मोर्चाको सचिवालय सदस्य पद समेत परित्याग गरेको घोषणा गरे ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *