Loading...
जनकपुरमा उपेन्द्र यादवको नेतृत्वमा आमसभा ,सम्बिधान सन्शोधन नभए चुनाब बिथोल्ने बिरगंजमा उदघोष

काठमाडौं ९ बैशाख । परिमार्जनसहित संशोधन संशोधन नभए चुनाव हुनै नदिने चेतावनी दिएर देशव्यापी आन्दोलनमा होमिएको संघीय गठबन्धनले एकैदिन चार मुख्य शहरमा आमसभा र विरोध प्रदर्शन गरेको छ ।

मधेशी मोर्चासहितको संघीयता र पहिचान पक्षधर २८ दलीय गठबन्धनले पर्साको वीरगञ्ज, धनुषाको जनकपुर, उदयपुरको गाईघाट र काभ्रेको बनेपामा शनिबार एकसाथ विरोध प्रदर्शन र आमसभा आयोजना गर्यो ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा वार्ता भइरहँदा मोर्चासहितको गठबन्धनले प्रमुख चार वटा शहरमा विरोध प्रदर्शनमा व्यस्त थियो ।जनकपुरमा उपेन्द्र यादवको नेतृत्वमा आमसभागठबन्धनका संयोजक एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा जनकपुरमा विरोध र्यालीसहित आमसभा भएको छ ।

यादवले परिमार्जनसहित संविधान संशोधन नभएसम्म कुनै पनि हालतमा चुनाव सम्भव नभएको दाबी गर्दै चुनावका लागि साझा सहमति बन्नु पर्नेमा जोड दिएका छन् ।संघीयतालाई नै धरापमा पार्ने गरि सरकारले घोषणा गरेको स्थानीय निर्वाचन सम्भव नभएको उनले बताए । संघीयता र स्वायत्तताका लागि सयौ मधेशी सपूतले ज्यानको आहुति दिएको भन्दै अध्यक्ष यादवले लामो संघर्षबाट प्राप्त संघीयताको रक्षा गर्ने दायित्व समेत मधेशी जनताकै रहेको उल्लेख गरे ।

संघीय व्यवस्थामा स्थानीय तहको निर्वाचन प्रान्त सरकारको रहने सर्वमान्य सिद्धान्त विपरित नेपाल सरकारले आफनै मातहतमा चुनावको घोषणा गरेकाले आफूहहरु विरोधमा उत्रेको उनले स्पष्ट पारे ।

विरोधमा सभामा राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले संशोधनलाई बेवास्ता गरेर चुनाव हुनै नसक्ने सरकारलाई सुझाव दिए ।संशोधन नभए चुनाव हुन नदिने विरगञ्जमाउदघोषवीरगन्जमा आयोजित विरोध सभामा मोर्चा/गठबन्धनका नेताहरुले संविधान संशोधन नभए चुनावको दिवास्वप्न नदेख्न सरकारलाई चेतावनी दिएका छन् ।

संविधान संशोधन नगरी स्थानिय तहको निर्वाचन गर्नु नदिने अडान राख्दै मोर्चामा आवद्ध दलका नेता कार्यकर्ताले वीरगन्जमा प्रदर्शन गरेका हुन ।फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादवको नेतृत्वमा वीरगन्जको मुरली चोकबाट निकालिएको जुलुश घाण्टाघर, माईस्थान, आदर्शनगर, घडिअर्वा चोक हुदैपुनः घण्टा घर चोकमा पुगेर आमसभामा परिणत भएको थियो ।बनेपामा पनि गठबन्धनको विरोध सभासंघीय गठबन्धनले काभ्रेको बनेपामा पनि चुनाव विरुद्ध सभा गरेको छ ।

संघीयसमाजवादी फोरम नेपालका वरिष्ठ उपाध्यक्ष युवराज कार्कीको नेतृत्वमाआयोजित विरोध सभाका नेताहरुले संविधान संशोधनलाई बेवास्ता गरेर जान खोजिए मधेश जस्तै पहाडमा पनि चुनाव हुन नदिइने चेतावनी दिएका छन् ।फोरम नेपाल काभ्रेका अध्यक्ष सिद्दि बहादुर जोशीको अध्यक्षता भएको सो विरोध सभामा प्रमुख अतिथि फोरम नेपाल केन्द्रीय उपाध्यक्ष युवराज कार्की, अतिथिहरु आदिवासी जनजाति पार्टी नेपाल अध्यक्ष तामाङ बुद्धराज स्याङ्तान, ताम्सालिङ संघर्ष समितिका अध्यक्ष जय गोले, फोरम नेपालका केन्द्रीय सदस्य उत्तम लामा र सिंह बहादुर तामाङ लगयतले सम्बोधन गरेका थिए ।

उदयपुरमा पनि चुनाव विरुद्ध प्रदर्शनभित्रिमधेशका जिल्लाहरु मध्ये उदयपुरको गाईघाटमा पनि संघीय गठबन्धनले स्थानीय निकायको चुनाव विरुद्ध विरोध प्रदर्शन गरेको छ ।मुख्यताः संघीय समाजवादी फोरम नेपाल रगठबन्धनका नेताहरुले सभालाई सम्बोधन गर्दै आफूहरु चुनावको पक्षधर भएपनि संशोधन नभएसम्म सरकारले चुनावी तयारी गर्नु व्यर्थ हुने बताएका छन् ।

देशव्यापी रुपले स्थानीय निकायको चुनाव सम्पन्न गर्ने भए परिमार्जनसहित संविधान संशोधन हुनुपर्ने सुझाव दिँदै उनीहरुले सहमतिको निर्माण एवं सबैलाई समेटेर चुनाव गराउने प्रमुख दायित्व सरकारको भएकोले सरकार यसमा चूकेको आरोप लगाए

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *