Loading...
प्रायोजित र बिकेका मिडियाहरुले गलत समाचार सम्प्रेषण गर्दै,आन्दोलन यथावत – सह अध्यक्ष – राजेन्द्र श्रेष्ठ

सरोज खिलाडी

बैशाख १० , काठमाडौँ  हिजो देखि आज सम्म लगभग सबै मिडियाले मोर्चाको आन्दोलन स्थगित भएको समाचार छापेको प्रति संघीय समाजबादी फोरम नेपाल का सह अध्यक्ष राजेन्द्र श्रेष्ठले आपति प्रकट गरेका छ । हिजो देखि आज सम्ममा लगभग सबै मिडियाहरुले आन्दोलन स्थगित भएको समाचार छापेको छ । आज बिहान मेट्रो एफएम ९४.६ मेगाहर्जको कार्यक्रम मन्थनमा बोल्दै सह अध्यक्ष राजेन्द्र श्रेष्ठले भन्नु भयो – हिमाल पहाड र मधेशका विभिन्न पार्टीहरु मिलेर बनेको संघीय गठबन्धनले घोषणा गरेको आन्दोलन बार्ता सकिन्ना साथ् कसरि स्थगित हुन्छ ? बार्ता सफल हुनुपर्यो, संसदले अनुमोदन गर्नु पर्यो त्यसपछि संघीय गठबन्धनको बैठक बस्छ अनि आन्दोलनका बारेमा निर्णय गर्छ ।” उहाले बिकेको र अरुबाट प्रायोजित मिडियाले गलत समाचार सम्प्रेषण गरेको भन्दै आन्दोलन जारि रहेको समेत बताउनु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *