Loading...
सरकार र मोर्चाबीच भएका सहमतिहरु  के के हुन त ? बुँदागतरुपमा पढ्नुहोस् ।

मोर्चालाई चुनावमा सहभागी गराउन सरकारले केही मागलाई सम्बोधन गर्ने सहमति गरेको छ । आज सरकार र मोर्चाबीच भएका सहमति बुँदागतरुपमा पढ्नुहोस् ।

बैशाख ३१ गतेको लागि घोषित स्थानीय निकायको चुनाव दुई चरणमा गरिने ।
पहिलो चरणमा ३, ४ र ६ नम्बर प्रदेशमा निर्वाचन गर्ने ।
बाँकी प्रदेशमा जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने ।
सरकारले मोर्चासँग आज भएको सहमति अनुसार परिमार्जनसहित संविधान संशोधन विधेयक फास्ट ट्र्याकबाट पास गराउने । भोली बस्ने मन्त्रिपरिषदको बैठकले यसबारे निर्णय लिदै संसदमा दर्ता गर्ने ।
तराईका केही जिल्लामा स्थानीय निकायको संख्या थपिने । निर्वाचन आयोगसग त्यसबारे परामर्श गरिने ।
स्थानीय निकायको संख्या स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनअनुसार हुने ।
प्रदेश सिमांकनको बिषय संघीय आयोगको प्रतिवेदनअनुसार हुने ।
भाषा आयोगको प्रतिवेदनअनुसार संविधानको अनुसुचीमा राष्ट्रिय भाषा थपिने ।

tahal thami को फेसबुक बाट

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *