Loading...
नव बर्षको उपलक्ष्यमा रक्तदान, ६ महिला सहित ७७ जना सहभागी 

वीरगंज ९ बैशाख ।
प्रणय कुमार
नयाँ बर्ष २०७४ सालको उपलक्ष्यमा दुर्गा पुजा सेवा समिती रानीघाटले सातौ पटक रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रानीघाट चोकमा आयोजित रक्तदान कार्यक्रममा ६ महिला सहित ७७ जनाले रक्तदान गरेका हुन । कार्यक्रमको रानीघाटका स्थानिय डा.अगेन्द्र प्रसाद यादवले दिप प्रजवलित गरि उद्घाटन गर्नु भएको थियो । उद्घाटन गर्दै यादवले रक्तदानको महत्वका बारेमा चर्चा गर्दै कार्यक्रमको सफलताको कामना गर्नु भएको थियो । कार्यक्रममा गीता मानन्धर, इसुधा खड्गी, श्रुती बर्मा, पुनम श्रीवास्तव, राजु गुप्ता, संजिव थापा, मनोज गुप्ता, नुरुल होदा, प्रणय कुमार, अबुलैश अंसारी, निरंजन साह, सतिश सिंह, बिरेन्द्र साह, संदिप साह, इमरान अंसारी, किरण गुप्ता, रामाशंकर सर्राफ, बासुदेव रौनियार, रोहित कुमार बर्णवाल, उमेश सर्राफ, सनोज गुप्ता, रंजित खड्गी, असु सर्राफ, राकेश मानन्धर, सागर बर्णवाल, सुवास कुमार साह, ओमजय साह, संतोष पासवान, राहुल राज सोनी लगायतकाले रक्तदान गरेका हुन । नयाँ बर्षको अवसरमा तथा नेपाल रक्तसंचार केन्द्र वीरगंजमा दिन प्रति दिन रगतको अभाव देखिएका कारण रगतको आपुर्तीलाई मध्यनजर गर्दै यस समितीले निरन्तरता दिंदै बर्षमा दुई पटक रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको समितीका सल्लाहकार सतिश सिंह राजपुतले बताउनुभयो । दुर्गा पुजा सेवा समितीका अध्यक्ष रबि रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितीका सल्लाहकार संजिव थापा, रक्त संचार केन्द्रका प्रमुख प्रविण मानन्धर, रेडियो बिन्दासका संचालक आर.सि.यादव, समितीका संस्थापक अध्यक्ष अजय पौडेल ब्डल डोनर एशोसिएशन पर्साका सचिव अरबिन्द सिंह लगायत स्थानिय भद्रभलादमी, संचारकर्मीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य रेडियो बिन्दासका संचालक बिरेन्द्र साहले गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण पत्रकार प्रणय कुमारले गर्नु भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *