Loading...
वीरगंज सिटी हाफ मैराथन दौड प्रतियोगिता सम्पन्न, त्रिभुवन आर्मी र सशस्त्र प्रहरीका वर्चस्व
वीरगंज,बैशाख ९,राकेश साह
हाफ मैराथन राष्ट्रिय खुला आमन्त्रण दौड प्रतियोगिता आज वीरगंजमा सम्पन्न भएको छ । वीरगंज सिटी हाफ मैराथन २०७४ नाम दिएको प्रतियोगितामा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडीहरु गरी ३०० जना खेलाडीहरुले सहभागिता जनाएका थिए ।
वीरगंजमा सवैभन्दा बढि राशी भएको दौड प्रतियोगिता बिहान ७ बजे शुरु भएको थियो ।  प्रतियोगितामा  माल्दिभसका खेलाडी सहित त्रिभुवन आर्मी क्लब काठमाडौं, सशस्त्र प्रहरी बल, पश्चिममांचलका  अन्र्तराष्ट्रिय खेलाडी,पुर्वाचंल, मध्यमांचल लगायत वीरगंज आसपास क्षेत्रका खेलाडीहरुको उत्साहजनक  सहभागिता रहेको एथलेटिक्स संघ पर्साका संयोजक एवं कार्यक्रमका संयोजक शैलेन्द्र पाण्डेले बताए ।
२१.१ किलोमिटर दौड प्रतियोगितामा त्रिभुवन आर्मी काठमाडौंका  खडक बहादुर खडका प्रथम, लालबहाुदर थापा दितिय र कल्याण बाँनिया तृतिय भएका थिए । यसैगरी रामजी बस्नेत चौथो र माल्दिभसका खेलाडी सिफाज महम्मद पाँचौ र त्रिभुवन आर्मीका जितेन्द्र दनुवार छैठो भएका थिए ।
बिजयी प्रथम,दितिय र तृतिय खेलाडीहरुले क्रमशः २० हजार,१५ हजार र १० हजार नगद पुरस्कार सहित प्रमाणपत्र र मेडल प्राप्त गरेका थिए ।
यसैगरी ३ किलो मिटर दौड प्रतियोगितामा सशस्त्रका मुक्त कुवर प्रथम,जनतिलक थापा दितिय र कृष्ण श्रेष्ठ तृतिय भएका थिए । बिजयी खेलाडीहरुले क्रमशः ७ हजार, ५हजार र ३ हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।
२१.१ किलोमिटर दौड प्रतियोगितालाई कार्यक्रमका प्रमुख अतिथी एवं पुर्व सांसद तथा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकास शर्माले उदघाटन गरेका थिए । त्यसैगरी ३ किलोमिटर दौड प्रतियोगितालाई कार्यक्रमका बिशिष्ट अतिथी एवं हिमालयन डिसलरीका कारखाना प्रबन्ध निर्देशक उदय भण्डारीले उदघाटन गरेका थिए ।
एथलेटिक्स संघ पर्साका संयोजक शैलेन्द्र पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी पुर्व सांंसद एवं वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकास शर्मा, बिशिष्ट अतिथी हिमालयन डिस्लरीका कारखाना प्रबन्ध निर्देशक उदय भण्डारी, अतिथीहरु  पर्साका एसपी गोबिन्द साह, मध्यमांचल खेलकुद बिकास समितीका अध्यक्ष मानदेव हजरा, वीरगंज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष बिजय सरावगी, जिल्ला खेलकुद बिकास समितीका उपाध्यक्ष दिपक तिवारी, वरिष्ठ फुटबल प्रशिक्षक हरी बहादुर श्रेष्ठ, रितु शाक्य, नेकपा एमालेका वडा अध्यक्ष लालबाबु यादव, बिरु भट्टराई लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण आलोक रंजन कर्णले गरेका थिए भने कार्यक्रमको मिडिया पार्टनरको रुपमा  एक्सरे खबर अनलाईन रहेको थियो । प्रतियोगितामा सहयोग गर्ने संघ संस्था , समाजिक कार्यकर्ता, खेलाडी लगायत पत्रकारहरुलाई सम्मानित गरिएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *