Loading...
शिक्षक भोट माग्दै हिँडे कार्वाही गरिने

पात्ले । यहाँस्थित शिवालय मावि छेर्मादिङ पात्ले–३ ले स्थानीय निकायको निर्वाचनमा दल विशेषलाई भोट माग्ने कार्य गर्ने शिक्षकलाई कार्वाही गर्ने भएको छ ।

छानविन समिति नै गठन गरेर विद्यालयले शिक्षकलाई कुनैपनि राजनैतिक दल, संघसंस्था, समूहमा वस्न नपाइने समेत निर्णय गरेको हो । निर्वाचन आचार संहिता र विव्यसको निर्णयको विपरित ‘भोट माग्दै हिँडेमा’ विभागिय कार्वाही गर्ने निर्णय भएको कार्यवाहक अध्यक्ष ङाङ चेम्बा शेर्पाले जानकारी दिए । विद्यालयमा भर्ना अभियान सञ्चालन गर्नुपर्ने बेला शिक्षकहरु दल विशेषलाई भोट माग्दै हिँड्ने गरेको भन्ने गुनासोहरु आएपछि व्यवस्थापन समितिले छानविन समेत अन्तरिक रुपमा अघि बढाइएको जनाएको छ । राजनैतिक दल विशेष रहेर भोट माग्ने, राजनैतिक गतिविधिमा संलग्न रहेको पुष्टि भएमा त्यस्ता शिक्षक कर्मचारीलाई जिम्मेवारी मुक्त गर्नेसम्मको कार्वाही हुने प्रधानाध्यपक टंकनाथ नेपालले जानकारी दिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *