Loading...
पत्रकार मित्रहरुले आतंक मच्चाएका छन्’ – उपेन्द्र यादव

विराटनगर १०, वैशाख । काठमाडौंमा संघीय गठबन्धनले आन्दोलनका कार्यक्रम स्थगन गरिरहँदा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले परिमार्जनसहित संविधान संशोधन नभए चुनावमा नजाने चेतावनी दिएका छन् ।आइतबार बिराटनगरमा आयोजित विरोधसभामा अध्यक्ष यादवले संविधान संशोधन नभई चुनावमा नजाने स्पष्ट पारेका छन् । अध्यक्षयादवले भने, ‘संविधान संशोधन नहुन्जेलसम्म यो मुलुकमा चुनाव हुँदैन र चुनाव भए हामी त्यसमा सहभागी हुँदैनौं ।’मधेसी मोर्चाका शीर्ष दुई नेताले संविधान संशोधन नभए आफूहरु चुनावमा सहभागी नहुने बताएका छन् ।मधेसी मोर्चासहित संघीय गठबन्धनसँग शनिबारसाँझ भएको सहमति अनुसार सरकारले संविधान संशोधन विधेयक परिमार्जन गरेको छ भने स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरिसकेको छ ।दुबै नेताले सरकार र मधेसी मोर्चाबीच सहमतिभएको भन्दै पत्रकारले भ्रम फैलाएको आरोप लगाए ।‘मोर्चा गठबन्धनसँग सहमति भयो, अब चुनावमा जान्छ भन्दै पत्रकार मित्रहरुले आतंक मच्चाएका छन्’ संघीय गठबन्धन र संघीय समाजवादी फोरम अध्यक्ष यादवले भने, ‘हामीले कुनै सम्झौता गरेका छैनौं । जुन प्रचार भएको छ, त्यो गलत हो ।’सोही विरोध सभामा राजपा अध्यक्ष महन्थ ठाकुरले पनि सहमति भयो भनेर ढोल बजाइएको भन्दै भने, ‘जुन सहमति भएको छ, त्यसलाई लागू गर्नुस् । त्यसपछि मात्र नयाँ सहमति हुन्छ ।’मधेसी मोर्चामा आवद्ध राष्ट्रिय जनता पार्टीका अध्यक्ष ठाकुरले आफूहरुलाई फुटाउने गर्ने प्रयास भएको भन्दै भने, ‘संविधान संशोधन बिना कुनै चुनाव हुँदैन ।’अध्यक्ष यादव र ठाकुरसहित दुवै नेताहरुले आफूहरुको माग सम्बोधन नभएसम्म सरकारको सबै आदेशको अवज्ञा गर्ने चेतावनी दिएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *