
काठमाण्डौं- बैशाख १२ । त्रिबि शिक्षण अस्पतालको बिरामीसँग बिपि स्मृति अस्पतालले लुट्ने गरेको खुलासा भएको छ । सम्पुर्ण स्वास्थ्य सुधारको माग गर्दे पटक पटक त्रिबि शिक्षण अस्पतालमा गोबिन्द केसी अनसन बसे पनि सोही संस्थामा कार्यरत बरिष्ठ भनिने चिकित्सकले बिरामीलाई ठग्ने र लुट्ने गरेको सुन्दा आश्चार्य त लाग्छ नै अझ महामानब बिपि कोइरालाको नाममा खुलेको र नेपालमा कहलिएका चिकित्सकहरुको लगानी रहेको अस्पतालले लुट्ने मात्र नभई गलत औषधी दिएर मानिसको स्वास्थ्य र जीबनसँग खेलवाड गरेको पाइएको छ ।
आफुलाई दमको बरिष्ठ र ब्यस्त चिकित्सक बताउने शिक्षण अस्पतालका सरकारी चिकित्सक निरज बम उक्त गतिबिधिमा संलग्न भएको पाईएको छ । शिक्षण अस्पतालमा निजि शुल्क तिरेर जचाउन गएका बिरामीलाई आफु ब्यस्त भएको बहाना बनाउदै सम्पुर्ण चेक जाँच र औषधी समेत बिपि अस्पतालमा बोलाएर दिएको जस बाट गलत औषधीका कारण बिरामीको हालात थप बिग्रिएको छ ।
स्वास्थ्य मन्त्री गगन थापाले हाई हाई पाइरहेकै बेला यस्तो अनैतिक र गेरकानुनी कार्य गर्ने सरकारी चिकित्सक र अस्पताललाई कारबाही गर्नुपर्ने माग बिरामी पक्षले गरेका छन ।
Facebook Comments