Loading...
के हुदैछ प्रधानमन्त्री पुष्प कमल दाहालले आहवान गरेको आजको सर्बदलीय बैठकमा?

काठमाडौं-बैशाख १५ । प्रधानमन्त्री पुष्प कमल दाहालले आज सर्बदलीय बैठक आहवान गर्नुभएको छ । संबिधान संशोधन र स्थानीय तहको निर्बाचनको बिषयमा दलहरुको धारणा बुझ्न प्रधानमन्त्री दाहालले बैठक बोलाउनुभएको हो । संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई छलफलमा बोलाईएको छ ।

मधेसबादी दलको माग अनुरुप संसदमा संबिधान संशोधन प्रस्ताव प्रस्तुत भएको र स्थानीय तहको निर्बाचन नजिकिदै जादा बोलाईएको बैठकले गर्ने निर्णयलाई अत्यन्तै महत्वको साथ हेरिएको छ । बैठकमा प्रधानमन्त्री दाहालले संबिधान संशोधन र स्थानीय तहको निर्बाचनमा सहयोग गर्न सबै दललाई आग्रह गर्ने बुझिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *