
सुरेन्द्र सिंह
बर्दिबास-९ महोत्तरी ,बैशाख -१३
महोत्तरीको वर्दीवास नगरपालिका-९ का श्री रा.मा.वि.पशुपतिनाथ बनरझल्ला बिधालयमा अध्ययन गरिरहेका बिधार्थीलाइ विधालय र विभिन्न सङ्घ संस्था लगायत सहयोगीहातले सहूलियत दिने भएको छ । विधालय र सहयोगीहातहरु मिलेर सहूलियत दिने घोषणा गरेको हो ।यहिले भर्ना हुने र सहूलियत लिने विधार्थीहरु गत वर्षको भर्ना अभियानअघि नै अन्य विद्यालय गएको हुनुपर्नेछ ।
नया व्यवस्थाअनुसार यस्ता बिधार्थीले आफु अध्ययन गर्न गएको विधालयभन्दा बाहिर गएर अध्ययन गर्न पाउने छैन । यसअघि विधालयमा भर्ना हुने विधार्थिले अन्य कुनै पनि विधालयमा गएर अध्ययन गर्न पाउने व्यवस्था थियो ।
सहयोगीहातको केहि सदस्यहरुको परामर्श अनुसार समवन्धित विधालयमा छात्रवृत्ती र सहूलियत नपाएको अवस्थामा विधार्थीहरु छात्रवृत्ती र सहूलियत बिहिन बस्नुपर्थियो । गरिबिको चपेटमा परेका पशुपतिनगरका अभिभावकहरुले छोरछोरीलाइ समयमा कम्प्यूटर कोर्स गराउनलाइ र टिफिन बक्स किन्न लाग्ने रकम समयमै दिन नसक्ने भएकाले सहयोगीहातहरु चन्दा संकलन गरेर शिशु कक्षा देखि २ कक्षा सम्मको बालवालीकालाइ विधालयमा टिकेर खाजा खान सजिलो हुने उदेश्य राखेर यस्तो सहुलियत प्रदान गरिएको सहयोगीहातहरुको बुझाइ छ ।
यसैबिच कम्प्यूटर कोर्स गर्नका लागि गरिबिको चपेटमा परेको अभिभावकको विधार्थीलाइ लक्षित गरेर क्षेत्र – १ का सभासद तथा पूर्व शिक्षा मंत्री गिरिराज मणी पोखरेल ज्युको सहयोगमा १० सेट र सहयोगीहातहरु द्वारा चन्दा संकलन गरेर राखेको रकमबाट ५ सेट विद्यालयलाइ जम्मा १५ सेट कम्प्यूटर हस्तारन्तरण गर्न लागेको हो ।
गत वर्ष भर्ना अभियानपछि विधार्थीलाइ यस्तो सहूलियत दिएको थियेन । यो सहूलियत विधालयमा विधार्थी टिकाउंन र अध्ययन गर्नलाइ मात्र हो । सहूलियत लिनलाइ विधालयको विधार्थी भएको प्रमाणित हुनुपर्छ ।
” नया व्यवस्थाअनुसार विधार्थीहरुले अध्ययन गर्न गएको विधालयभन्दा बाहिर गएर अध्ययन गर्न पाउने छैन । “रतौली युवा कलवको सहयोगमा विधालयमा शून्य सहनशीलता-लैन्गिक हिंसामुक्त विधालय कार्यक्रम अन्तर्गत जूनियर चैम्पियन क्षमता आभिवृद्धि तालीम बैषाख १० गते आइतवार बाट विधालयमा सुरु भएको उत्त बिधालयका प्र .अ. तेजिलाल महतोले बताए ।
Facebook Comments