Loading...
संघीय समाजवादी फोरम अन्तर्गत गठित शेर्पा प्रदेश समिति विस्तार

काठमाडौं । संघीय समाजवादी फोरम अन्तर्गत गठित शेर्पा प्रदेश समिति विस्तार भएको छ । अध्यक्ष लाक्पा शेर्पाको अध्यक्षमा बसेको वैठकले उपाध्यक्षसहित विभिन्न पदपूर्ति गर्दै समिति विस्तार गरेको हो । राजधानीको बौद्धमा भएको बैठकपछि उपाध्यक्षमा यसअघि सदस्य रहेको रिन्जी शेर्पालाई चयन गरेको अध्यक्ष शेर्पाले जानकारी दिए ।
त्यस्तै, यसअघि रिक्त कोषाध्यक्ष पदमा आङ्ग फूरी शेर्पा सदस्यहरुमा साजन घतानीm ङ्गावा शेर्पा, सुमी शेर्पा दोलखा, गेल्छीरी शेर्पा, तेन्जी शेर्पा, दिेश थापामगर, दावा लक्पा शेर्पा सोलुखुम्बु, पेम्बा शेर्पा र छिरिङ्ग शेर्पा संखुवासभालाई थप गरिएको छ । संघीय गठवन्धन र सरकारको वार्ता मिलेपछि पार्टीले चुनावमा जाने संकेत देखाएसँगै प्रदेशले आफ्नो संगठन विस्तार गरेको हो । जातीय मुक्तिका लागि समाजवाद, बर्गिय मुक्तिका लागि संघीयता नारासहित अघि बढेको समाजवादी फोरमले विभिन्न जातीय स्वायत्त राज्य समितिहरु गठन गरी अधिकारका लागि संर्घषरत छन् ।
पार्टी उपाध्यक्ष तथा पूर्व मन्त्री रकम चेम्जोङ्गको विशेष उपस्थितीमा भएको वैठकपछि नयाँ सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गरिएको थियो ।
पहिचानसहितको संघीयताको माग गर्दै शेर्पाहरु संघर्पमा रहेको बेला भएको संगठन विस्तारलाई अर्थपूर्ण रुपमा हेरिएको जनाएको छ ।
समितिमा यसअघि वाङ्गछु शेर्पा, गंगा थापामगर उपाध्यक्ष, नरेन्द्र थापामगर मूख्य सचिव, महेश रानामगर, लाक्पा जी शेर्पा सचिव रहेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *