Loading...
डा. सी के राउत नछुटदै फेरि पक्राउ, माथिको आदेश कुरेको प्रहरी नायव उपरीक्षक नविन कृष्ण भण्डारीको भनाइ

रौतहट, १४ बैशाख । जिल्ला अदालतबाट साधारण तारीखमा रिहा भएका स्वतन्त्र मधेश गठवन्धनका संयोजक डा. सीके राउतलाई रौतहट प्रहरीले नछोडदै फेरि पक्राउ गरेको छ । राज्य विरुद्धको अपराध मुद्दाको आरोपमा पक्राउ परेका राउतलाई प्रहरीले रिहा गर्न अस्विकार गरेको छ।

अदालतबाट जिल्ला प्रहरी कार्यालयमा लगिएको राउतलाई अदालतको आदेशविरुद्ध प्रहरीले थुनामै राखेको हो छ भने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक नविन कृष्ण भण्डारीले माथि बाट आदेश नआएको बताएका छन् ।
अदालतले दिएको आदेशको सम्मान नगरी प्रहरी ले डा. राउत लाइ पक्राउ गरेको आरोप गठबन्धनका कार्यकर्ताहरुको रहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *