Loading...
फोरम नेपालदवारा अग्नी पिडितहरुलाइ चामल , त्रिपाल र नगद सहित सहयोग,एमाले माओबादि र कांग्रेशका नेताहरु घटना स्थलमा समेत गएनन्

वीरगन्ज वीरगन्ज उपमहानगरपालिका वडा नम्बर २१ पटेलनगरमा आज दिउँसो आगलागिमा घर गोठ जलेर बिचल्लीमा परेका पिडितहरुलाइ संघीय समाजवादी फोरम नेपालका नेता एंव वीरगञ्जका उद्योगी विजय कुमार सरावगीले राहत सामाग्री र नगद सहयोग गरेका हुन् । आगलागी भएको खबर पाए लगत्तै बुधबार अपरान्ह घटनास्थल पटेल नगरमा पुगेका सरावगीले आगलागी पिडितहरुलाइ चामल , त्रिपाल र नगद सहयोग गरेका हुन् । एमाले माओबादि र कांग्रेशका नेताहरु घटना स्थलमा समेत नआएको अग्नी पिडितहरुले सुनाएका छन्
आगलागी पिडित २२ घरपरिवारलाइ प्रति घर ३० केजी चामल , दुइ थान त्रिपाल र नगद एक हजार रुपैया वितरण गरेका हुन् । राहत वितरण कार्यक्रममा फोरम नेपालकी केन्द्रिय सदस्य करिमा बेगम  सहित अन्य नेता कार्यकर्ताहरुको पनि उपस्थिती रहेको थियो ।
यस्तै नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज र हिमालयन डिष्टिलरीका महाप्रवन्धक उदय भण्डारीले पनी बुधबारनै पटेलनगरका आगलागी पिडीतलाई राहत सामग्री उपलव्ध गराएका थिए ।
पटेल नगरमा बुधबार दिउसो आगलागी हुदा २२ जनाको फुसको घर  र गोठ जलेर नष्ट भएको थियो  । स्थानिय यादव लाल राउत कुर्मीले लामखुट्टे धपाउन बालेको घुरबाट आगो सल्किएर आगलागी हुदा २२ जनाको घर र गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *