Loading...
चुनावबारे छलफल गर्न राजपा नेता भारतीय दूतावासमा !

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरी स्थानीय तहको निर्वाचनमा सघाउन प्रतिबद्धता व्यक्त गरेलगत्तै नवगठित राष्ट्रिय जनता पार्टीका नेता भारतीय दूतावास पुगेका छन् ।छलफलकै क्रममा भारतीय राजदूत पुरीले सहमतिअनुसार सरकार अगाडि बढेकाले चुनावमा सहभागी भइदिन नेताहरूलाई आग्रह गरेको स्रोतको दाबी छ ।स्रोतका अनुसार नेता महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, अनिलकुमार झा, राजकिशोर यादव र शरत्सिंह भण्डारी साँझ छ बजे लैनचौर पुगेका हुन् । त्यहाँ उनीहरू र भारतीय राजदूत मञ्जिव सिंह पुरीबीच करिब दुई घन्टा छलफल भयो । सहभागी एक नेताको भनाइमा छलफल स्थानीय तहको चुनाव विषयमा केन्द्रित थियो ।छलफलकै क्रममा भारतीय राजदूत पुरीले सहमतिअनुसार सरकार अगाडि बढेकाले चुनावमा सहभागी भइदिन नेताहरूलाई आग्रह गरेको स्रोतको दाबी छ । त्यति मात्र नभई राजपा नेताहरुले दुतावासभित्रैवाट नयाँ दिल्लीमा ‘कन्फरेन्स कल’मार्फत संवाद गरेको समेत स्रोतको दावी छ ।राजदुतावासभित्र भएको छलफलको विषयमा जिज्ञासा राख्दा राजपाका नेता राजकिशोर यादवले नागरिकसँग भने, ‘पार्टी एकीकरण भएकोमा देशी, विदेशी सबैको शुभेच्छा छ, भारतको मात्र हैन ।’ मधेसीलाई भारतसँग जोडेर टिप्पणी गर्ने प्रवृत्ति अनुचित भएको बताउँदै यादवले घुमाउरो शैलीमा भने, ‘हामीसँग भएको भद्र सहमति सम्बोधन भएको अवस्थामा त्यसै अनुसार हामी पनि अगाडि बढ्छौं ।’ आफूहरू चुनावविरोधी नभएको जिकिर गर्दै उनले भने, ‘हामीले विदेशीसँग नभई सरकारसँग सहमति गरेका हौं । अब सरकारले सहमति कार्यान्वयनमा लैजानुपर्छ । त्यसो भयो भने हामी चुनावमा भाग लिन्छौं ।’ स्रोतको भनाइमानेताले राजदूतसँगको छलफलमा पनि आफूहरू निर्वाचनविरोधी नभएको जिकिर गरेका थिए । तर, सरकारले सहमति पालना गर्नुपर्ने विषयमा पनि उत्तिकै जोड दिएको स्रोतको भनाइ छ । dailygulfact.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *