Loading...
देश प्रति फोरम नेपालको चिन्ता, नेपाली सेनालाई बिबादमा नतान्न सरकारसँग जोडदार माग

दुई चरणमा सम्पन्न हुनेगरी स्थानीय तहको चुनावका लागि भइरहेको तयारी र स्थानीय तहको सोही निर्वाचनमा नेपाली सेना परिचालन गर्ने सरकारको निर्णयप्रति संघीय समाजवादी फोरम, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । संघीय लोकतन्त्रको मूल मर्म र मूल्य मान्यता विपरीत संघीयतालाई समाप्त गर्ने षड्यन्त्रले केन्द्र सरकारले नै गराउन लागेको स्थानीय तहको चुनाव दुई चरणमा गराइए पहिलो चरणको मत परिणामले दोस्रो चरणको चुनावी नतिजालाई प्रभावित गर्नुका साथै सामाजिक मनोविज्ञानलाई पनि विभाजित गर्ने हुँदा मिति सारेर एकै पटकमा मत गणना हुने गरी एक चरणमा चुनाव गर्न उपयुक्त हुने ठहर गर्दै दुई चरणको निर्वाचन प्रक्रियाप्रति फोरम, नेपालले आपत्ति जनाएको छ ।

यसैगरी, नेपाली सेना जस्तो व्यावसायिक संगठनलाई चुनावी सुरक्षाका नाममा देशको आन्तरिक मामिलामा परिचालन गर्दा सेनाको गरिमा, प्रतिष्ठा र वर्षौदेखि कायम रहिआएको व्यावसायिकतामाथि आँच पुग्न सक्नेभएकोले सेनाको भूमिकालाई विवादितहुन नदिन स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गर्ने सरकारको निर्णयप्रति गम्भीर आपत्ति प्रकट गर्दै स्थानीय तहको चुनावमा नेपाली सेना परिचालनको निर्णय तत्काल फिर्ता लिन सरकारसँग संघीय समाजवादी फोरम, नेपालले जोडदार माग गरेको छ ।

परिमार्जनसहित संविधान संशोधन गरी संघीय गठबन्धन÷मोर्चाले उठाएको मागहरु सम्बोधन नभएसम्म हामीलाई कुनै पनि चुनाव स्वीकार्य छैन फोरम, नेपालको बिज्ञप्ति मा उल्लेख गरिएको छ । त्यस्तै, निर्वाचनअघि बजेट घोषणा भए निर्वाचन आचारसंहिताको उल्लंघन हुने र मतदातालाई समेत प्रभावित गर्ने भएकोले निर्वाचनपछि मात्रै बजेट ल्याउनु पर्ने संघीय समाजवादी फोरम नेपालको ठहररहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *