Loading...
नरायणी उप-क्षेत्रीय अस्पतालमा नगद सहित खानेकुरा बितरण
बिरगंज १५ बैशाख
नरायणी उप-क्षेत्रीय अस्पताल बिकास सहयोग अभियानका संयोजक एवं राजपाका स्थानीय नेता ओमप्रकाश सरार्फको पहलमा आज नारायणी उप-क्षेत्रीय अस्पताल असहाय र अशक्त बिरामीहरुलाई नगद सहित खानेकुरा,फलफुल बितरण गरिएको छ। अभियानका अभियन्ताहरुको समाजिक संजाल मार्फत सूचना पाएर भैरहवाका राजपाका युवा नेता एवं समाजसेवी प्रसान्त गुप्ताबाट प्राप्त नगद रु ३००० र गोप्यदानबाट प्राप्त रकम तथा आफ्नो पोकेट मनिबाट सर्जिकल वार्डका बेड न.१०४,१०८,१३० र ९० का बिरामीहरुलाई र वर्निङ वार्डका एक जना गरि करिब सात हजार बराबरको नगद र सामन बितरण गरिएको छ। बितरण कार्यक्रममा बिरगंज युवा समाजका कमल चौगाइ,मानवअधिकारकर्मी दिपक साह,अस्पताल कर्मचारी युनियनका अध्यक्ष हरि गुप्ता लगायतका उपस्तिथि रहेको थियो।अभियानले अस्पतालको सुधार एवं बिकासको लागि करिब आठ महिना देखि निरन्तर कार्यक्रम संचालन गर्दै अस्पतालको बिकासमा टेवा पुर्याउदै आएको छ भने करिब पाँच महिना देखि हेल्प डेस्क संचालन गरि बिरामीहरुलाई सहयोग गर्दै आएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *