
वीरगंज,बैशाख १५
मधेस समता पार्टी नेपाल वीरगंज नगर कार्य समितीले आज वीरगंज उपमहानगरपालिका वडा नं. २१ पटेलनगरका अगनी पिडित परिवारहरुलाई खाद्यन्न समाग्री बितरण गरेको छ । नगर अध्यक्ष अकलेश साहको नेतृत्वमा रहेको टोलीले सो राहत बितरण गरेको हो । अगनी पिडित २२ परिवारहरुलाई चिउरा,चाउचाउ र मिठा बितरण गरिएको नगर अध्यक्ष साहले बताए । सो अवसरमा समाजसेवी प्रकास थारु, संचारकर्मी राजेन्द्र सिंह, एक्सरे खबर डटकमका राकेश साह , पार्टी वीरगंज नगर कार्य समितीका कोषाध्यक्ष संजय गुप्ता, सहसचिव नितेश वर्णवाल, सदस्यहरु संजित गुप्ता, श्याम शर्मा, समीर हुसेन,शारदा पोखरेल ,वडा नं. १६ का वडा अध्यक्ष राजेश गुप्ता लगायतको उपस्थिती रहेको थियो ।
राहत बितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर अध्यक्ष साहले आफुले आफनो व्यक्तिगत खर्चबाट सो राहत बितरण गरेको बताउदै थप राहतको लागि पार्टीको राष्ट्रिय अध्यक्ष लगायत केन्द्रिय कार्य समितीमा पहल गर्नेे बताए । साथै साहले केन्द्रिय अध्यक्ष तथा पुर्व उद्योग राज्यमन्त्री मेघराज निषाद मार्फत सरकार संग पिडित परिवारलाई उचित राहत बितरणको लागि सदनमा जोडदार माँग गर्न आग्रह गरेको बताए ।
Facebook Comments