
सुरेन्द्र सिँह ,महोत्तरी १५ वैशाख । महोत्तरीमा अवैध रुपले भन्सार छली ल्याएको लाखौको किराना तथा रेडिमेड कपडाहरु प्रहरीले नियन्त्रणमा लिई भिठामोड भन्सार कार्यालयमा बुझाएको छ।मटिहानी,भिठाम ोड,जलेश्वर जिरोमाईल र वसविटटीबाट उक्त सामान पक्राउ गरेको हो ।
पक्राउ परेको सामानको अन्दाजी मोल पाचलाख उननचालिस हजार दुईसय तिस रहेको प्रहरीले जनाए ।करिव चार महिना प्रमुख विहिन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीमा प्रहरी उपरिक्षक राजकुमार लम्साल आउना साथ प्रहरीको सकृता बढेको र मदिरा भटटी तथा अवैध कारोवारमा प्रहरीले निगरानी बढाएको हो । हालै लम्सालको निर्देशनमा गौशाला नगरपालिकाको ७ स्थानमा प्रहरीले छापा मारी अवैघ घरेलु मदिरा भटटी समेत नष्ट गरेको छ ।
Facebook Comments